७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मन्त्रीपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद बैठक



काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

परिषद्‌का अध्यक्षसमेत रहेका ओलीले आजै मन्‍त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । उनले मन्‍त्रिपरिषद् बैठकअघि परिषद्को बैठक बोलाएका हुन् ।

ओलीले प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएको स्रोतले जनाएको छ । परिषद्को बैठक बोलाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल भने भएको छैन ।

परिषद्को बैठकपछि आजै साँझ ६ बजे मन्त्रीपरिषद् बैठक बोलाइएको छ ।

प्रधानमन्त्री ओलीको एकल निर्णयबाट जारी भएको संवैधानिक परिषदको कार्यबिधि सम्बन्धि अध्यादेश फिर्ता लिने सहमती भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिना एजेण्डाको मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । मन्त्रिपरिषदको नियमित बैठक अन्तर्गत बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाइएको भएपनि मन्त्रीहरुलाई बैठकको एजेण्डाका बिषयमा जानकारी नदिईएको एक मन्त्रीले बताए ।

अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्दा मन्त्रीहरुलाई थाहा नदिएपनि अध्यादेश फिर्ताका लागि भने मन्त्रिपरिषदको बैठकमा छलफल हुने सम्भावना रहेको अनुमान गरिएको छ

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  २ : ४३ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा