१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

मन्त्रीपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद बैठक



काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

परिषद्‌का अध्यक्षसमेत रहेका ओलीले आजै मन्‍त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । उनले मन्‍त्रिपरिषद् बैठकअघि परिषद्को बैठक बोलाएका हुन् ।

ओलीले प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएको स्रोतले जनाएको छ । परिषद्को बैठक बोलाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल भने भएको छैन ।

परिषद्को बैठकपछि आजै साँझ ६ बजे मन्त्रीपरिषद् बैठक बोलाइएको छ ।

प्रधानमन्त्री ओलीको एकल निर्णयबाट जारी भएको संवैधानिक परिषदको कार्यबिधि सम्बन्धि अध्यादेश फिर्ता लिने सहमती भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिना एजेण्डाको मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । मन्त्रिपरिषदको नियमित बैठक अन्तर्गत बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाइएको भएपनि मन्त्रीहरुलाई बैठकको एजेण्डाका बिषयमा जानकारी नदिईएको एक मन्त्रीले बताए ।

अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्दा मन्त्रीहरुलाई थाहा नदिएपनि अध्यादेश फिर्ताका लागि भने मन्त्रिपरिषदको बैठकमा छलफल हुने सम्भावना रहेको अनुमान गरिएको छ

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  २ : ४३ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ