१९ आश्विन २०८३, सोमबार | October 5, 2026

मन्त्रीपरिषद विस्तार विरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ भोली मात्र हुने



काठमाडौं । संसद विघटनपछि सरकारले गरेको मन्त्रीपरिषद विस्तार विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको सरकारले मन्त्रीपरिषद हेरफेर गर्न नमिल्ने दाबीसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटको पेशी आजको लागि तोकिएको थियो । तर, आज हेर्न नभ्याउने भएपछि सुनुवाइ भोलि हुने अदालत स्रोतले बताएको छ । रिटमा मन्त्रीपरिषदमा गरिएको नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजनलाई बदर गर्न माग गरिएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न घोषणा गरेपछि नेकपाको संस्थापनका ७ मन्त्रीले राजीनामा दिएका थिए । उक्त रिक्त पदमा प्रधानमन्त्री ओलीले मन्त्रीहरु हेरफेर तथा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  २ : ०४ बजे

बुटवलमा कम मूल्यमा घरजग्गा लिलामी गरेको भन्दै लुम्बिनी विकास बैंकविरुद्ध धर्ना

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-९ मिलनचोकस्थित तीनतले घरसहितको जग्गा

आजदेखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्दै आइस्पान

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आजदेखि

बागलुङ पहिरो अपडेट : ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

बागलुङ । निसीखोला गाउँपालिका-३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको

सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी

बागलुङ । आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को

युवा उद्यमीसँग सहकार्य गर्दा निजी क्षेत्र थप सुदृढ हुन्छ : टंकप्रसाद पोखरेल

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद