२० मंसिर २०८२, शनिबार | December 6, 2025

सियारीमा गाउँब्लकका स्थानीयले पाए जग्गाधनी पुर्जा



बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लकमा रहेका स्थानीयले जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन् । गाउँपालिकाको वडा नं.३ र ४ का वर्षौ देखि गाँउ ब्लकमा बसोबास गर्दै आएका ६७ घरपरिवारलाई विहिबार लालपुर्जा वितरण गरिएको हो ।

पहिले नापी गर्दा छुट भएका जग्गालाई गाउँब्लक मानिँदै आएको छ । गाउँब्लक भित्र पर्ने जग्गामा वर्षौ देखि खनजोत र भोगचलन गर्दै आए पनि लालपुर्जा पाउन सकेका थिएनन् । वर्षौं देखि भोग चलन गर्दै आएपनि लालपुर्जा नपाएका स्थानीयलाई कानुनी रिट पु¥याएर लालपुर्जा दिईएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए । उनले भने ( “घरबास नभएका, सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई लगत संकलन गरेर पुर्जा वितरण गर्छौं, ।”

विभिन्न वडाका गाउँ ब्लकमा रहेका लालपुर्जा वितरणको कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताईन् ।

घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई गाउँपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले जानकारी दिए ।

सियारी गाउँपालिकामा करिव दुईहजार परिवारलाई पुर्जा वितरण गर्न बाकीं रहेको र जिल्लामा एक हजार ३ सय ८३ ब्लकको पुर्जा वितरण गर्न बाकी रहेको जिल्ला नापी कार्यलय रुपन्देहीका प्रमुख अजित कुंवरले बताएका छन् ।

जग्गा धनी पुर्जा पाएपछि सियारी ३ भैसाखदारकी अनुपा चौधरीले खुसि ब्यक्त गर्दै भनिन्—“पुस्तौ देखि बसेको ठाउँको पुर्जा पाएँ, खुसिलागेको छ ।”

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ९ : १६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय