१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

वडा भवन निर्माणमा जुट्दै काठमाडौं महानगरपालिका



काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) ले नयाँ वडा कार्यालय भवन निर्माण र तला थपको कामलाई तीव्ररूपमा अघि बढाएको छ ।

हाल कामपाको वडा नं ९, १४ ,१८ र २६ को भवन निर्माणपछि सेवा प्रवाह शुरु भइसकेको छ । वडा नं ३ र ४ को भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने वडा नं २ को भवन निर्माण प्रक्रिया शुरु गरिएको छ ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार वडा नं ६ को पहिलो ढलान कार्य सम्पन्न भएको र वडा नं १२, १६, २१ र २९ को भवन निर्माणका लागि टेन्डर प्रक्रियामा रहेको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका कार्यालय भवन पुनः निर्माण, निर्माण र तला थप गर्ने योजनाअनुरूप काम अघि बढाइएको बताउँदै आएका छन् ।

गोरखा भूकम्पका कारण पुनः निर्माण गर्न मिल्नेलाई निर्माण कार्य अघि बढाइएको छ भने मर्मत गरेर हुनेलाई मर्मतको काम र आवश्यकताअनुरूप तला थप गर्नुपर्नेलाई सोही अनुरुपको काम पनि कामपाले गरिरहेको छ । सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरूप एकै खालको हुने गरी निर्माण भइरहेको छ ।

सबै नयाँ भवन सम्बन्धित वडाका आफ्नै जग्गामा निर्माण गर्न लागिएको हो । एउटा कार्यालय भवन निर्माणका लागि रु दुई करोड ५० लाख लाग्ने अनुमान कामपाको छ ।

‘कतिपय वडाका भवनमा तला थप्ने काम अघि बढेको छ । कतिपय वडाको टेण्डर प्रक्रिया अघि बढेर शुभारम्भको चरणमा छ’, प्रवक्ता डङ्गोलले भने, ‘हाम्रै कार्यकालमा कामपाका ३२ वटै वडामा सुविधा सम्पन्न भवन निर्माण गरी ती भवनबाट सेवा दिने प्रतिबद्धताअनुसार अहिले काम भइरहेको छ ।’ वडा नं ८ मा सामान्य विवाद देखिएको छ । ती बाहेकका सबै वडामा विवादरहित ढङ्गले काम भइरहेको छ । रासस

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : २८ बजे

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान