२१ आश्विन २०८३, बुधबार | October 7, 2026

चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ



कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

“फरार अभियुक्तलाई पक्राउ गर्नु प्रहरीको नियमित काम हो”, उनले भने, “यो अभियान चालु आवको साउनदेखि देशैभरी सञ्चालन भइरहेको छ । कर्णालीमा फरार अभियुक्तको सङ्ख्या धेरै छ ।” यो प्रदेशमा खासगरी सामाजिक क्षेत्रसँग सम्बन्धित अपराध बढिरहेको उनले बताए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले यो चौमासिकमा अपराध नियन्त्रणका क्षेत्रमा राम्रै प्रगति भएको बताए । “हामीले अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिकसम्म ३७६ फरार प्रतिवादीलाई पक्राउ ग-र्यौ”, उनले भने, “प्रहरीको अनुसन्धानका क्रममा भने ११८ फरार प्रतिवादीलाई पक्राउ गरिएको थियो ।”

पक्राउ पर्ने फरार प्रतिवादीमा सबैभन्दा बढी सुर्खेतका छन् । प्रहरी नायब उपरीक्षक बमका अनुसार पक्राउ पर्ने फरार प्रतिवादीमा सुर्खेतका १५७, सल्यानका १३३, दैलेखका ६८, जुम्लाका ३१, मुगुका २८, कालीकोटका २१, जाजरकोटका २०, हुम्लाका १८, रुकुमपश्चिमका १३ र डोल्पाका पाँच जना छन् ।

उनले भने, “फैसला कार्यान्वयनका सिलसिलामा पक्राउ परेका ३७६ प्रतिवादीलाई जिल्ला अदालतमा बुझाइएको छ । उनीहरुलाई २२७ वर्ष दुई महिना २९ दिन कैद हुनुका साथै रु ८४ लाख तीन हजार ९६७ जरिवाना असुल गरिएको छ ।”

पुराना मुद्दाका ११८ फरार प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गरेर कारवाहीका लागि सरकारी वकिलमार्फत जिल्ला अदालतमा उपस्थित गराइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  २ : ५६ बजे

कांग्रेस महाधिवेशन : उपसभापति शर्मा र महामन्त्री घिमिरेको प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र

मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय

काठमाडौं । सरकारले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न कानुन संशोधनका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम । हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ