१० मंसिर २०८३, बिहिबार | November 26, 2026

मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय



काठमाडौं । सरकारले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न कानुन संशोधनका लागि अध्यादेश सिफारिस तथा उच्च तहका कर्मचारीको बढुवासम्मका महत्वपूर्ण निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय मानवअधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

त्यस्तै, बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्ले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलगायतका अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका सहसचिव (प्रा०) नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । यसैगरी, नेपाल प्रशासन सेवा समूहीकरणतर्फका सहसचिव चक्रबहादुर बुढालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

यस्तै नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ७ : ४३ बजे

Your email address will not be published.

होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित

इनम सापकोटा सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण तथा राष्ट्र बैङ्क ऐनअन्तर्गतको कसुरमा पक्राउ

मन्त्रिपरिषद्को मर्यादाक्रम फेरबदल, सोविता गौतम तेस्रो वरीयतामा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको

बुटवलमा टीभीएसको ‘अचम्मैको डिल’ एक्सचेन्ज अफर सुरु, १० लाखसम्म छुट

बुटवल । टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको डिल एक्सचेन्ज अफर’

बुटवलको देवीनगरमा रहेको खुल्लामन्चमा भोलिदेखी पाँचदिने बुटवल खाना महोत्सव हुँदै

बुटवल । नेपाली मौलिक कला, संस्कृति र खानाका परिकारको प्रवर्द्धन