२ चैत्र २०८२, सोमबार | March 17, 2026

सुमी र विजुलाई ‘डान्सिङ विद द स्टार नेपाल’को उपाधि



काठमाडौं । हिमालयन टेलिभिजनबाट प्रशारण हुदै आएको रियालिटी शो ‘डान्सिङ विद द स्टार नेपाल’काे उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् ।

शनिबार सम्पन्न भएको फाइनलमा अन्य दुई प्रतिस्पर्धी जोडीलाई पछि पार्दै उपाधी हात पारेका हुन् । उपाधिसँगै उनीहरूले २० लाख पुरस्कारसमेत जितेका छन् ।

साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरूले प्राप्त गरेका छन् । विजेतालाई हिमालय टिभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए ।

यस्तै फर्स्ट रनरअपको उपाधि बुद्ध लामा र केविका गुरुङले प्राप्त गरे । सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बने । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रसारण हुँदै आएको थियो । यो शो मा निर्णायकको रूपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई थिए ।

१२ जना स्टारहरूबाट प्रतिस्पर्धाको सुरुआत भएको थियो । १२ जना स्टार प्रतिस्पर्धी र उनीहरूको कोरियोग्राफर पार्टनरले डान्स गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : ४४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित