२२ बैशाख २०८१, शनिबार | May 4, 2024

संसद विघटनको सिफारिस अस्विकार गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर राष्ट्रपति भण्डारीलाई संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा शर्माले असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपील गरेका छन् । उनले बिज्ञप्तिमा लेखेका छन् , -‘नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ ।’

चुनावको बेला स्थिरताको चर्को नारा दिएको स्मरण गराउँदै शर्माले बिज्ञप्तिमा आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय भएको उल्लेख गरेका छन् । जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द्व आफैँमा लज्जास्पद रहेको शर्माको बिज्ञप्तिमा लेखिएको छ ।

उनले विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा पार्टीले लिएको बताउँदै त्यसलाई असफल तुल्याइने दृढता ब्यक्त छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १२ : ५६ बजे

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको