३० भदौ २०८३, मंगलबार | September 16, 2026

बुटवलमा डाईनामिक टुरिजम क्लब गठन



बुटवल । पर्यटकीय गन्तव्यहरुको अन्तराष्ट्रियकरण गरि नेपालमा पर्यटक भित्राउने लक्ष्य सहित बुटवलमा पर्यटन क्षेत्रमा आवद्ध व्यवसायीहरुले लायन्स क्लव अफ डाईनामिक टुरिजम क्लब गठन गरिएको छ ।

रुपन्देहीमा होटल व्यवसायमा आवद्ध व्यवसायीको मात्र सहभागितामा गठन गरिएको डाईनामिक टुरिजम क्लब मार्फत पर्यटनको क्षेत्रमा बहुआयामिक रुपमा काम गर्ने लक्ष्य अगाडी बढाएको बताईएको छ ।

लायन्स क्लब अफ बुटवल भृकुटी टाउनको स्र्पोन्सरमा स्थापना गरिएको क्लबको आईतवार एक समारोहका बीच क्लवको प्रिजिन्टिसन गगरेको हो । पर्यटन व्यवसायी समुन्द्र जिसीको अध्यक्षतामा क्लब गठन गरिएको हो ।

लायन्स क्लब अफ ३२५ बी टु नेपालका गर्भनर शम्भु नकर्मीले एक समारोहका बीच क्लबलाई पीन र आधिकारिकता प्रदान गरेका हुन । सो अवसरमा गर्भनर नकर्मीले लायन्स ईन्टनेशनल मार्फत नेपालको पर्यटन क्षेत्रको विकास प्रचार प्रसारमा टेवा पुराउने बताए ।

गर्भनर नकर्मीले नेपाली भाषालाई पनि अन्तराष्ट्रिय भाषाका रुपमा स्थापित बनाउनका लागि लायन्स क्लबबाट अभियान शुरु गरेको धारणा राखे । कार्यक्रममा पर्यटन व्यवसायी माधव नेपालले अन्तराष्ट्रिय रुपमा नमुना हुने गरि सामाजिक तथा पर्यटन सम्बन्धी काम गर्न क्लबलाई आग्रह गरे ।
लायन्स क्लब अफ ३२५ बी टु नेपालका फष्ट गर्भनर राम प्रसाद भटृ, सेकेनगर्भनर सिबि चन्द भृकुटी लायन्सका अध्यक्ष यमकान्त गैरे, लायन्स क्लव अफ डाईनामिक टुरिजम क्लवका माधव कुमार खनाल, सोभाखर पोखरेल लगायतले समाज परिवर्तमा क्लबका माध्यमवाट योगदान गर्न गम्भिर हुन आह्वान गरेका थिए ।

सोही अवसरमा असहाय गरिबहरुलाई न्यायो कपडा वितरण र क्लवको कार्यालयको पनि शुभारम्भ गरिएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : ३९ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज