७ आश्विन २०८३, बुधबार | September 23, 2026

सरकारलाई चौतर्फी घेरावन्दीमा पारेपछि प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सरकारलाई चौतर्फी घेरावन्दी गरिएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै सबैतिरबाट आफुलाई असहयोग र घेरावन्दी गरिएपछि आफ्ना सामु प्रतिनिधिसभा विघटन गरी जनतामा जानुको विकल्प नभएको जिकिर गरेका हुन् । सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्‍मा छलफल समेत गर्न नदिएएकाले प्रतिनिधिसभा विघटन गरिएको उनले दाबी गरे ।

ओलीले भने ‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो ।’

सम्बोधनका क्रममा ओलीले आफु विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर संसद अधिवेशन नै बोलाउन समेत खोजिएको आरोप लगाए । उनले भने, ‘विगत केही महिनादेखि सरकारलाई कस्तो घेराबन्दीमा पारियो भन्ने तपाईंहरुलाई नै थाहा छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरियो, पार्टी अध्यक्ष तथा संसदीय दलका नेतालाई थाहै नदिई संसद् अधिवेशन बोलाउन खोजियो ।’

उलने थुप्रै काम गर्दा समेत सरकारलाई घेराबन्दीमा पारिनु विडम्बणापूर्ण भएको बताए । पार्टी अध्यक्ष प्रचण्डलाई व्यङ्ग गर्दै ओलीले नयाँ निर्वाचनले अहिल्यै प्रधानमन्त्री हुन खुट्टा उचालेर बसेका नेता र दलहरुलाई आफ्नो लोकप्रियता मापन गर्न सहयोग गर्ने दाबी समेत गरे ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ३ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई