१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पोर्चुगलमा टंक सापकोटाको सफलता : पाए एकसाथ ४ अन्तर्राष्ट्रिय अवार्ड



पोर्चुगल । पोर्चुगलमा एक नेपालीद्धारा सञ्चालित इटालियन रेष्टुरेन्टले एकसाथ चार अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टंक सापकोटाले सञ्चालन गरेको इटालियन रेष्टुरेन्टले एकसाथ ४ अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकोे हो ।

पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित सापकोटाको ‘र्फोनो दि ओरो’ रेष्टुरेन्टले छुट्टाछुट्टै चार बिद्यामा उत्कृष्ट अवार्ड प्राप्त गरेको हो ।

युरोपका उत्कृष्ट ५० पिज्जा रेष्टुरेन्ट अन्र्तगत सापकोटाले सञ्चालन गरेको रेष्टुरेन्ट उत्कृष्ट २२ औं मा पर्न सफल भई ‘उत्कृष्ट पिज्जा रेस्टुरेन्ट अवार्ड’ बाट पुरस्कृत भएको हो ।

युरोपमा प्रत्येक वर्ष दिईने अवार्ड अन्तर्गत रेष्टुरेन्टले यस बर्ष ‘युरोपको उत्कृष्ट २२ पिज्जेरिया’, ‘पोर्चुगलको उत्कृष्ट पिज्जेरिया’, ‘इटाली बाहिरको उत्कृष्ट १० नापोलितान पिज्जेरिया’ र उत्कृष्ट बियर बिक्री गर्ने पिज्जेरिया गरि ४ अवार्ड पाएको रेष्टुरेन्टका सञ्चालक सापकोटाले जानकारी दिए ।

इटाली बाहिरको उत्कृष्ट १० नापोलितान पिज्जेरिया अवार्ड संगै आफ्नो रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ विश्वकै उत्कृष्ट १० नापोलितान पिज्जा बनाउने रेष्टुरेन्टमा पर्न सफल भएको सापकोटाले बताए । जुन रेष्टुरेन्टमा सुनको जलप लगाईएको सुनको चुल्होमा पिज्जा पकाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को) ले इटालीको प्रख्यात ‘नापोलितान पिज्जा’ बनाउने कलालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ । जसमा सापकोटाले सञ्चालन गरेका दुई वटा रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ र ‘कोमे प्रिमा’ उक्त सूचिमा यसअघि नै सुचिकृत भईसकेका छन् ।

एकैपटक ४-४ वटा अन्र्तराष्ट्रिय अवार्ड पांउदा निकै खुशी लागेको सापकोटाले प्रतिक्रिया दिए । आफू, आफ्नो परिवार र रेष्टुरेन्टमा कार्यरत सबै कर्मचारीको सामूहिक लगाव र मेहनतले यो सफलता हात परेको सापकोटाले बताए ।

“ बिदेशी भूमिमा बिदेशी खानामा बिदेशीहरु संग प्रतिस्पर्धा गरेर एउटा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टले उत्कृष्ट अवार्ड पाउंदा अत्यन्तै गौरवको महशुस गरेको छु,-सापकोटाले भने ।, यो सफलताले नेपाल र नेपालीको गौरव बढाएको अनुभूत गरेको छु ।”

२५ बर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका सापकोटा इटालीयन खानाका लागि युरोपमा प्रख्यात छन् । सापकोटाको आफ्नै लगानीमा राजधानी लिस्बनमा तीन वटा इटालियन र एक नेपाली गरी चार रेष्टुरेन्ट सञ्चालन गरेका छन् ।

सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरि ल्याएका बिश्वकै ठूलो र दुर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए ।

उनले इटालियन खानामा प्रर्दशन गरेको कला, कौशल र क्षमता कै कारण दर्जनौं पुरस्कार समेत प्राप्त गर्न सफल भएका छन् । सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भए ।

केही महिना अघि मात्रै सापकोटाले कोरोनाको महामारीका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकाहरुलाई ‘एक महिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर निःशुल्क खाना समेत खुवाएका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ४ : ४५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले