७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको तीन दलको निष्कर्ष



काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेका छन् ।

कांग्रेसको आयोजनामा उसकै केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको तीन दलका शीर्ष नेताको बैठकले प्रतिनिधिसभा विघटनको विरोध गर्न सहमत भएको जनाएका छन् ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आइतबार भएको प्रतिनिधिसभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम ठहर गर्दै तीनवटै पार्टी त्यसको विरुद्धमा छौं । ‘

बैठकले असंवैधानिक र अलोकतान्त्रिक कदमकोविरुद्ध तीनवटै पार्टीको केन्द्रीय कमिटी बैठक बसेर आवश्यक छलफल गर्ने निर्णय समेत गरेको छ ।

बैठकलरमा तीनै दलले आगामी कार्यक्रम तय गर्न आआफ्ना पार्टीका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल र रमेश लेखक रहेका थिए ।

नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाल, वर्षामान पुन र कृष्णभक्त पोखरेल एवं जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा र जीतेन्द्र सोनालको सहभागिता थियो ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : ३४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई