१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको तीन दलको निष्कर्ष



काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेका छन् ।

कांग्रेसको आयोजनामा उसकै केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको तीन दलका शीर्ष नेताको बैठकले प्रतिनिधिसभा विघटनको विरोध गर्न सहमत भएको जनाएका छन् ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आइतबार भएको प्रतिनिधिसभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम ठहर गर्दै तीनवटै पार्टी त्यसको विरुद्धमा छौं । ‘

बैठकले असंवैधानिक र अलोकतान्त्रिक कदमकोविरुद्ध तीनवटै पार्टीको केन्द्रीय कमिटी बैठक बसेर आवश्यक छलफल गर्ने निर्णय समेत गरेको छ ।

बैठकलरमा तीनै दलले आगामी कार्यक्रम तय गर्न आआफ्ना पार्टीका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल र रमेश लेखक रहेका थिए ।

नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाल, वर्षामान पुन र कृष्णभक्त पोखरेल एवं जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा र जीतेन्द्र सोनालको सहभागिता थियो ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : ३४ बजे

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत