३ चैत्र २०८२, मंगलबार | March 17, 2026

कम्युनिष्ट एक हुनुको विकल्प छैन : नेता महरा



तुलसीपुर । पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका छन् । कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य मणिकलाल गौतमको १३ औँ दिनको पुण्यतिथिमा आज घोराहीमा आयोजित श्रद्धाञ्जलिसभामा उनले पार्टीमा देखिएको समस्यालाई छलफलबाट हल गर्नुपर्ने बताए।

अहिले पार्टीभित्रको समस्या बहसकै अवस्थामा रहेको भन्दै उहाँले स्वस्थ राजनीतिक बहस भएमा यसले मुलुकमा नयाँ निकास दिने बताए । “अहिले पार्टी विभाजनको स्थितिमा पुगेको छ तर पार्टी एक हुनुको विकल्प छैन”, नेता महराले भने ।

उनले वामपन्थी एकता, राष्ट्रिय एकता, आदर्श र सिद्धान्तमा अडिग हुनुपर्ने बताए । ठूलो सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेसमेत उनको भनाइ छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : २९ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित