१५ माघ २०८२, बिहिबार | January 29, 2026

राईड टु रानीमहल सिजन टु को टिसर्ट र ज्याकेट लन्च



बुटवल । राईड टु रानीमहल सिजन २ को तयारी पुरा भएको छ ।

रुपन्देही जिल्ला साईक्लिङ संघको आयोजना तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देही, साईन रेसुङा विकास बैक, बुटवल उपमहानगरपालिका, तानसेन नगरपालिकासहित विभिन्न संघसंस्थाहरुको सहयोगमा पुस १० र ११ गते हुने कार्यक्रम हुदैछ ।

सोमबार एक समारोहका बिच उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री लिला गिरि, मन्त्रालयका सचिव डा.राजन केसी, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ती पाण्डे, साईन रेसुङा विकास बैकका डिपुटी प्रकाश गुरुङले सामुहिक रुपमा टिर्सट तथा ज्याकेट लन्च गरेका छन ।

कार्यक्रममा मन्त्री गिरिले खेलकुदबाट ब्यक्तिमा अनुसासनसंगै पर्यटन विकासमा समेत टेवा मिल्ने बताए । नेपालको ऐतिहासिक पर्यटकिय रानीमहलको प्रवर्दन गर्ने पवित्र उदेश्यका साथ हुन गैरहेको साईक्लिङको कार्यक्रममा प्रदेश सरकारको साथ रहेको उनले बताए ।

पर्यटन नै विकासको आधार भएको भन्दै यसमा युवाहरु नै अघि बढ्नुपर्ने उनले सुझाव दिए । रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापाले सबैको साथ र सहयोगबाट राष्ट्रियस्तरको साईक्लिङ कार्यक्रम गर्न लागेको बताए ।

कार्यक्रम पुस १० गते बुटवलको सामरिक, ऐतिहासिक स्थल जितगढी किल्लाबाट बिहान शुभारम्भ हुने छ । कार्यक्रममा काठमाण्डौ, पोखरा, नेपालगंज, नारायणगढ लगायत स्थानबाट करिब १ सय ५० खेलाडीहरु सहभागी हुने उनले बताए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : १७ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।