१ पुस २०८२, मंगलबार | December 16, 2025

बालुवाटार बैठकको बैधता छैन, असली नेकपा हामी हौं : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार बैठकको कुनै वैधता नभएको दाबी गरेका छन् ।

बबरमहलमा आयोजित नेकपाको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्यलाई सम्बोधन गर्दै नेता नेपालले ४४१ सदस्यीय केन्द्रीय कमिटीमा आफुहरुको पक्षमा दुई तिहाई सदस्य भएका कारण यो बैठक नै आधिकारिक हुने जिकिर गरेका हुन् ।

बिहान ओली पक्षीय बैठकलाई संकेत गर्दै नेता नेपालले भने, नेकपाको वास्तविक केन्द्रीय कमिटी संख्या ४४१ हो । बैठकमा दुई तिहाइ केन्द्रीय सदस्यहरु उपस्थित हुनुहुन्छ । त्यसैले बालुवाटार बैठकले कुनै बैधता पाउँदैन । त्यो गुट बैठक मात्रै हो ।’

नेता नेपालले पूर्व एमाले र पूर्व माओवादी भन्ने पार्टी विघटन भैसकेको जनाए । उनले अब नेकपा एमाले ब्युँतिन नसक्ने स्पष्ट पारे ।

निर्वाचन आयोगमा पार्टीको वैधताबारे हल्ला फैलाउन र दबाब दिन खोजिए पनि त्यसमा कुनै सत्यता नरहेको उनले जनाए ।

नेपालले केपी शर्मा ओलीले पार्टीमा आफुबाहेकका अन्य नेताहरुलाई अपमानित गर्ने गरेको स्मरण गरे । पार्टीका वरिष्ठ नेतासामु ओलीले न्यूनतम मर्यादा समेत नराख्ने गरेको जनाउँदै उनले अध्यक्ष प्रचण्डले ओलीको अपमानलाई विष पिएसरी पिएको बताए । नेपालले भने, ‘अध्यक्ष प्रचण्डले अपमानको विष समेत गज्जब गरी पिउनुहुनेरहेछ । उहाँ भएको हुनाले सहज भएको हो नत्र म भएको भए कुर्सी नै लिएर छेउमा बस्थेँ।ु

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ३ : २६ बजे

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज