७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रतिनिधिसभा विघटन बदरको माग गर्दै नेकपाका बहुमत सांसदहरु सर्वोच्च अदालतमा



काठमाडौं । सत्तारुढ नेकपाका बहुमत सांसदहरुले प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न गएका छन् ।

नेकपा संसदीय दला मुख्य सचेतक देव गुरुङ, सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।

उनीहरुले असंवैधानिक ढंगले सरकारले प्रतिनिधिसभा भंग गर्दा पाँचवर्षसम्म आफुहरुले प्रतिनिधित्व गर्ने हकबाट बञ्चित भएको जिकिर गरेका छन् । उनीहरुले राष्ट्रपतिले गरेको संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

रिटमा लेखिएको छ, ‘प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद विघटनको निर्णयबाट हामी निवेदक ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएका छौं । अतः मिति २०७७(९(५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस्’ सांसदहरुको रिटमा भनिएको छ ।

हिजो बसेको नेकपासहित काँग्रेस र राजपाको बैठकमा सामुहिक रिट निवेदन दर्ता गर्ने सहमति भएपनि अन्य दलको बैठक बस्न ढिला भएका कारण आफुहरु सर्वोच्च पुगेको सांसदहरुले बताएका छन् ।

 

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ३ : ४५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल