१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

अध्यक्ष प्रचण्ड नेकपा माधव-प्रचण्ड समूहको संसदीय दलको नेता चयन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहको संसदीयदलको नेतामा अध्यक्ष प्रचण्ड चयन भएका छन् । बुधबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको संसदीयदलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । मंगलबार अध्यक्ष चुनिएका माधवकुमार नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेता चुनिएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।

नेकपाको संसदीय दलको बैठकले ओलीलाई दलको नेताबाट हटाएको ती सांसदले बताए ।

नेकपाको नेपाल प्रचण्ड पक्षको मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्ष पदबाट पनि ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।

नेकपाको मौजुदा ४४७ मध्ये ३१५ जना केन्द्रीय समिति सदस्य उपस्थित रहेको सो बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएका थिए ।

मंगलबार ओलीलाई पार्टी अध्यक्ष पदबाट हटाएका प्रचण्ड–नेपाल पक्षले आज बुधबार संसदीय दलबाट पनि हटाउने निर्णय गरेको हो।

ओली पक्षले भने प्रचण्ड–नेपाल पक्षले गरेका निर्णयलाई अस्विकार गर्दै सो समूह माथि असंवैधानिकको आरोप लगाउँदै आएको छ ।।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  २ : ३५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम