२१ बैशाख २०८३, सोमबार | May 4, 2026

अध्यक्ष प्रचण्ड नेकपा माधव-प्रचण्ड समूहको संसदीय दलको नेता चयन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहको संसदीयदलको नेतामा अध्यक्ष प्रचण्ड चयन भएका छन् । बुधबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको संसदीयदलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । मंगलबार अध्यक्ष चुनिएका माधवकुमार नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेता चुनिएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।

नेकपाको संसदीय दलको बैठकले ओलीलाई दलको नेताबाट हटाएको ती सांसदले बताए ।

नेकपाको नेपाल प्रचण्ड पक्षको मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्ष पदबाट पनि ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।

नेकपाको मौजुदा ४४७ मध्ये ३१५ जना केन्द्रीय समिति सदस्य उपस्थित रहेको सो बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएका थिए ।

मंगलबार ओलीलाई पार्टी अध्यक्ष पदबाट हटाएका प्रचण्ड–नेपाल पक्षले आज बुधबार संसदीय दलबाट पनि हटाउने निर्णय गरेको हो।

ओली पक्षले भने प्रचण्ड–नेपाल पक्षले गरेका निर्णयलाई अस्विकार गर्दै सो समूह माथि असंवैधानिकको आरोप लगाउँदै आएको छ ।।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  २ : ३५ बजे

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको