२ चैत्र २०८२, सोमबार | March 17, 2026

सिन्धुलीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । सिन्धुलीका एक ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट काठमाडौं मृत्यु भएको छ ।

खोकी लागेर उपचारका लागि चार दिनअघि काठमाडौंस्थित केएमसी अस्पतालमा भर्ना गरिएको ती पुरुषको हिजो राति मृत्यु भएको हो ।

उनी रामेछाप, दोलखा, ओखलढुंगामा सामान ढुवानी गर्ने ट्रक चालक हुन् । कमलामाई नगरपालिका ५ रानीखोलाका पुरुषको निधनपछि दाहसंस्कारका लागि पहल गरिएको वडाध्यक्ष पूर्णबहादुर खड्काले जानकारी दिए ।

गाडी चलाउँदै गर्दा खोकी लागेको र चिसो लागेको ठानेर भाले काटेर झोल खाएका ती पुरुषलाई निमोनिया समेत देखिएको अस्पतालले जानकारी दिएको छ ।

हिजो बिहानसम्म खाना खाएका उनलाई हिजो दिउँसो कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको थियो । उनको राति निधन भएको वडाध्यक्ष खड्काले बताए । कमलामाई नगरपालिका ५ मा एक महिनाको बीचमा कोरोना संक्रमणबाट दुईजनाको निधन भएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ४ : २४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित