१५ माघ २०८२, बिहिबार | January 29, 2026

भोलिदेखि फुलबारी गाईजको दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता-२०७७ हुने



बुटवल । दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता-२०७७ भोलिदेखि बुटवलमा शुरु हुने भएको छ । फुलबारी गाईजको आयोजनामा हुने दुई दिने प्रतियोगिताको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरि आयोजकले बताएको हो ।

लुम्बिनी फुटसल एरिया योगिकुटीमा हुने प्रतियोगितामा मुग्लिङ, पाल्पासहित जिल्लाका उत्कृष्ट १८ टिमको सहभागिता रहने संयोजक सुशील तामाङले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार, मेडल, ट्रफि र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार गरिने उनले बताए । विहिबार उद्घाटन खेल लाफा एफसी, बुटवल र हिमालय गोर्खा एफसी, खैरेनी का बिचमा हुने छ ।

क्लबका अध्यक्ष शिव रानाले खेलकुदको माध्यमबाट युवाहरु बिचमा भातृत्ब र एकता कायम गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागेको बताए ।
कार्यक्रममा क्लबका सल्लाहकार वरिष्ठ हसन्त लामाले कोभिड १९ का कारण मानसिक र शारिरिक पिडामा रहेका खेलाडीहरुलाई प्रतियोगिताबाट खेलमा फर्कन सहयोग मिल्ने बताए ।

कार्यक्रममा क्लबका सल्लाहकार याम बराल, सन्जु बस्नेत, सचिव तेज बहादुर रानाले युवाहरुको अगुवाईमा खेलकुद र सामाजिक काममा अग्रसर रहेको बताए । प्रतियोगिता सम्पन्न गर्न २ लाख १५ हजार खर्च अनुमान रहेको छ । गतवर्ष स्मृति स्पोर्ट्स एकेडेमीले उपाधि चुमेको थियो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ०२ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण