६ बैशाख २०८१, बिहिबार | April 18, 2024

संसद विघटनका बिरुद्ध देशका बिभिन्न स्थानमा मसाल जुलुस, राजधानीमा झडप



काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका युवा विद्यार्थीहरुले देशका बिभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका छन् ।

बिहीबार साँझ काठमाडौको बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म निकालिएको मशाल जुलुसलाई प्रहरीले हस्तक्षप गरेपछि केहिबेर हातहालाहाल भएको थियो । प्रहरीले प्रदर्शनकारीको मशाल खोस्न खोजेपछि प्रदर्शनकारीले प्रहरीमागि ढुंगा हानेका थिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने साँघुरो गल्लीमा मशालले क्षेति नहोस् भनेर सुरक्षा दिनमात्र खोजेको बताएका छन् ।

उता नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद् विघटन गरेको विरोधमा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा साँझ मसाल जुलुस निकालेका छन् ।

प्रचण्ड माधव पक्ष सर्मथक युवा र बिधार्थी संगठनका कार्यकर्ताले प्रतिगमन मुर्दावाद, नेकपा जिन्दावाद भन्दै नारा लगाएका थिए । जुलुसमा जिल्लाका युवा तथा बिधार्थी नेता उक्त समूहका जिल्ला तहका नेता सहभागी थिए ।

अनेरास्ववियूका केन्द्रीय सदस्य हरी सिग्देल र युवासंघ नवलपुरका सहसयोजक चन्द्र राना भाटले नेतृत्व गरेको जुलुश कावासोतीको सभापति चोकबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय नजिकैसम्म पुगेको थियो । युवा बिधार्थी हरूले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाएका थिए ।

देशका अन्य क्षेत्रमा पनि मसाल जुलुस निकालिएको समाचार आईरहेका छन् । प्रचण्ड माधव पक्षको आज बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीको संसद विघटनको कदमलाई प्रतिगामी कदम भन्दै सडक संघर्ष गर्न तयार हुन कार्यकर्तालाई आह्वान गरेको थियो ।

रुपन्देहीको भैरहवामा पनि प्रचण्ड माधव पक्षका युवा वीद्यार्थीहरुले मसाल जुलुस निकालेका छन् । बिहीबार सांझ भैरहवाको देवकोटा चोकबाट निस्केको जुलुस नयाँ सडक हुँदै बर्मेलीटोलमा पुगेर समापन भएको थियो ।

मसाल जुलुस पछि भको कोणसभामा बोल्दै अनेरास्ववियू केन्द्रीय सदस्य लक्ष्मी के.सी.ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमले जनतालाई निराश बनाएको बताएकी थिईन् ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ९ : ३५ बजे

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम

सुदूरपश्चिममा दीर्घ सोडारीलाई समर्थन गर्न एमाले तयार

धनगढी । सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा

समृद्धी सलोन एण्ड एकेडेमीको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

बुटवल । बुटवलमा विगत ८ वर्षदेखि हेयर डिजाइन तथा सौन्दर्य

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा