७ आश्विन २०८३, बुधबार | September 23, 2026

संसद विघटनका बिरुद्ध देशका बिभिन्न स्थानमा मसाल जुलुस, राजधानीमा झडप



काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका युवा विद्यार्थीहरुले देशका बिभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका छन् ।

बिहीबार साँझ काठमाडौको बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म निकालिएको मशाल जुलुसलाई प्रहरीले हस्तक्षप गरेपछि केहिबेर हातहालाहाल भएको थियो । प्रहरीले प्रदर्शनकारीको मशाल खोस्न खोजेपछि प्रदर्शनकारीले प्रहरीमागि ढुंगा हानेका थिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने साँघुरो गल्लीमा मशालले क्षेति नहोस् भनेर सुरक्षा दिनमात्र खोजेको बताएका छन् ।

उता नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद् विघटन गरेको विरोधमा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा साँझ मसाल जुलुस निकालेका छन् ।

प्रचण्ड माधव पक्ष सर्मथक युवा र बिधार्थी संगठनका कार्यकर्ताले प्रतिगमन मुर्दावाद, नेकपा जिन्दावाद भन्दै नारा लगाएका थिए । जुलुसमा जिल्लाका युवा तथा बिधार्थी नेता उक्त समूहका जिल्ला तहका नेता सहभागी थिए ।

अनेरास्ववियूका केन्द्रीय सदस्य हरी सिग्देल र युवासंघ नवलपुरका सहसयोजक चन्द्र राना भाटले नेतृत्व गरेको जुलुश कावासोतीको सभापति चोकबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय नजिकैसम्म पुगेको थियो । युवा बिधार्थी हरूले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाएका थिए ।

देशका अन्य क्षेत्रमा पनि मसाल जुलुस निकालिएको समाचार आईरहेका छन् । प्रचण्ड माधव पक्षको आज बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीको संसद विघटनको कदमलाई प्रतिगामी कदम भन्दै सडक संघर्ष गर्न तयार हुन कार्यकर्तालाई आह्वान गरेको थियो ।

रुपन्देहीको भैरहवामा पनि प्रचण्ड माधव पक्षका युवा वीद्यार्थीहरुले मसाल जुलुस निकालेका छन् । बिहीबार सांझ भैरहवाको देवकोटा चोकबाट निस्केको जुलुस नयाँ सडक हुँदै बर्मेलीटोलमा पुगेर समापन भएको थियो ।

मसाल जुलुस पछि भको कोणसभामा बोल्दै अनेरास्ववियू केन्द्रीय सदस्य लक्ष्मी के.सी.ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमले जनतालाई निराश बनाएको बताएकी थिईन् ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ९ : ३५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११