१५ माघ २०८२, बिहिबार | January 29, 2026

जङ्गलमा भेटिन थाले भरुवा बन्दुक



बागलुङ । अवैध भरुवा बन्दुक नियन्त्रणमा पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बागलुङले सक्रियता बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयले नागरिकको शान्ति सुरक्षामा खलल पुर्‍याउने सबै गतिविधि नियन्त्रण गर्ने अभियानअन्र्तगत गाउँगाउँमा रहेका अवैध भरुवा बन्दुक नियन्त्रणमा लिने क्रम जारी राखेसँगै स्थानीयले जङ्गलमा हतियार लुकाउन थालेका छन् ।

प्रहरीले पछिल्लो समय अवैध घरेलु मदिरा नष्ट, गाँजा फडानी, फरार प्र्रतिवादी पक्राउ गर्दै आएकामा प्रहरीले पुनः अवैघ घरेलु हतियार बरामदलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो दुई महिनाको अवधिमा १०९ थान हतियार बरामद गरिसकेको छ । गत असोज २८ गतेदेखि भरुवा बन्दुक बरामद गर्न थालेको प्रहरीले हालसम्म १०९ थान बरामद गरेको जनाएको छ ।

वन्यजन्तुको अवैध चोरी शिकारीमा प्रयोग हुँदै आएको भरुवा बन्दुक बरामदलाई जिल्ला प्रहरी कार्यालयले तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

गलकोट नगरपालिका-९ स्थित कात्तिकेको जङ्गलमा दुई नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयको निर्देशनानुसार अवैध रुपमा रहेका हातहतियार बरामद गर्ने अभियानलाई तीव्रता दिएसँगै पक्राउ पर्ने डरले भरुवा बन्दुक जङ्गल तथा खोला किनारमा फाल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ ।

‘अहिले मात्रै भरुवा बन्दुकसहित पक्राउ परेका १० जनालाई मुद्दा चलाइएको छ, एक फरार रहेका छन्’, उनले भने, ‘पक्राउ पर्नुभन्दा जङ्गलमा लुकाउने र फाल्ने गरेको देखियो ।’ प्रहरीले भरुवा बन्दुकसहित १० जनालाई पक्राउ गरेको र एक जना फरार रहेको, अन्य भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।

कालिज, मृग, चितुवालगायत वन्यजन्तुको शिकार गर्न प्रयोग हुँदै आएका भरुवा बन्दुक गाउँमै बनाएको पाइएको छ । भरुवा बन्दुक बरामदले तीव्रता पाएसँगै जङ्गलमा हुने अवैध चोरी शिकारी घटेर गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : २८ बजे

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी