२१ आश्विन २०८३, बुधबार | October 8, 2026

जङ्गलमा भेटिन थाले भरुवा बन्दुक



बागलुङ । अवैध भरुवा बन्दुक नियन्त्रणमा पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बागलुङले सक्रियता बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयले नागरिकको शान्ति सुरक्षामा खलल पुर्‍याउने सबै गतिविधि नियन्त्रण गर्ने अभियानअन्र्तगत गाउँगाउँमा रहेका अवैध भरुवा बन्दुक नियन्त्रणमा लिने क्रम जारी राखेसँगै स्थानीयले जङ्गलमा हतियार लुकाउन थालेका छन् ।

प्रहरीले पछिल्लो समय अवैध घरेलु मदिरा नष्ट, गाँजा फडानी, फरार प्र्रतिवादी पक्राउ गर्दै आएकामा प्रहरीले पुनः अवैघ घरेलु हतियार बरामदलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो दुई महिनाको अवधिमा १०९ थान हतियार बरामद गरिसकेको छ । गत असोज २८ गतेदेखि भरुवा बन्दुक बरामद गर्न थालेको प्रहरीले हालसम्म १०९ थान बरामद गरेको जनाएको छ ।

वन्यजन्तुको अवैध चोरी शिकारीमा प्रयोग हुँदै आएको भरुवा बन्दुक बरामदलाई जिल्ला प्रहरी कार्यालयले तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

गलकोट नगरपालिका-९ स्थित कात्तिकेको जङ्गलमा दुई नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयको निर्देशनानुसार अवैध रुपमा रहेका हातहतियार बरामद गर्ने अभियानलाई तीव्रता दिएसँगै पक्राउ पर्ने डरले भरुवा बन्दुक जङ्गल तथा खोला किनारमा फाल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ ।

‘अहिले मात्रै भरुवा बन्दुकसहित पक्राउ परेका १० जनालाई मुद्दा चलाइएको छ, एक फरार रहेका छन्’, उनले भने, ‘पक्राउ पर्नुभन्दा जङ्गलमा लुकाउने र फाल्ने गरेको देखियो ।’ प्रहरीले भरुवा बन्दुकसहित १० जनालाई पक्राउ गरेको र एक जना फरार रहेको, अन्य भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।

कालिज, मृग, चितुवालगायत वन्यजन्तुको शिकार गर्न प्रयोग हुँदै आएका भरुवा बन्दुक गाउँमै बनाएको पाइएको छ । भरुवा बन्दुक बरामदले तीव्रता पाएसँगै जङ्गलमा हुने अवैध चोरी शिकारी घटेर गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : २८ बजे

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप