६ आश्विन २०८३, मंगलबार | September 22, 2026

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा



बागलुङ । बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ समूह परिचालन गरिएको छ ।

गत साउनयतामात्रै जिल्लामा एक हजार ४०३ जनामा डेङ्गु सङ्क्रमण भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा प्रादेशिक रोग नियन्त्रण महाशाखाको एक समूह बागलुङ बजारमा परिचालित भई नमूना सङ्कलन र अध्ययनमा लागेको हो ।

डेङ्गुको दीर्घकालीन समाधान गर्ने उद्देश्य राखेर समग्र अवस्थाको अनुसन्धान गर्न चार जनाको विज्ञ समूह बागलुङमा आएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए ।

उनका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा गोकर्ण दाहालको नेतृत्वमा विज्ञ समूहले पछिल्लो तीन दिनयता बजारका घरघरमा पुगेर बिरामीको अवस्था बुझेको छ । यस्तै, धवलागिरि अस्पतालको अनुगमन, कीटको अवस्था परीक्षण तथा नमूना सङ्कलनलगायतका काम गरिरहेको छ ।

दाहालसँगै विज्ञ समूहमा इन्टोमोलोजिस्ट तथा विश्व स्वास्थ्य सङ्गठनका शिशिर पन्त, स्वास्थ्य सेवा विभागका कौशल सुवेदी छन । “डेङ्गुको चार प्रजातिमध्ये कुन बढी फैलिएको छ भन्ने अध्ययन भइरहेको छ ।

अस्पतालमा आएका शङ्कास्पद बिरामीको नमूना सङ्कलन, अस्पतालमा परीक्षण भइरहेको कीटको अवस्था, डेङ्गु नियन्त्रणका लागि घरमै स्वास्थ्यकर्मी परिचालन भइरहेको छ”, कार्यालय प्रमुख शर्माले भने ।

डेङ्गुको अवस्था नियन्त्रणबाहिर जान नदिन विज्ञ समूह परिचालन गरेको महाशाखाले बागलुङलाई केन्द्रमा राखेर निगरानी र खोज-अनुसन्धान तीव्र बनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ७ : ३६ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत