२५ श्रावण २०८३, सोमबार | August 10, 2026

भीरमाहुरीको महबाटै जीविकोपार्जन



भजनी । सुनसरी झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आएका छन् । उनको छ जना परिवारको आम्दानी त्यही मह नै बनेको छ । उनी मह बेचेरै वार्षिक रु तीनदेखि चार लाखसम्मको आम्दानी गर्छन् ।

“बुवाआमा अशक्त भइसकेका छन् । काम गर्ने अवस्थामा छैनन् । छोराछोरी विद्यालय जान्छन् । श्रीमतीलाई घरको काम ठिक्क हुन्छ”, उनले भने, “हामी बर्सेनि यसैगरी मह निकाल्ने र बिक्री गर्दै गाउँगाउँ पुग्ने गरेका छौँ । अरु आम्दानीको कुनै बाटो हामीसँग छैन ।”

कैलालीको जोशीपुर, लम्की, भजनी, बर्दियाको राजापुरलगायत क्षेत्रमा भिरमाहुरीको मह काढ्दै नीरज टीकापुर पुगेका छन् । उनी मात्र नभइ उनको समूहमा १२ छन् । उनीहरुले साँझ बिहान मह काढ्ने र दिउँसो त्यही मह बिक्रीका लागि गाउँगाउँ डुल्ने गरेका छन् ।

भिरमाहुरीले ठूला रुखमा, अग्लो र अप्ठ्यारो ठाउँमा घार बनाउने भएका कारण मह निकाल्न ज्यानको बाजी नै लगाउनुपर्ने रावतले बताए । उनले कोरोना महामारीका कारण यस वर्ष विगतजस्तो मह निकाल्ने काम गर्न नसकेको बताउँदै मह निकाल्न ढिलो हुँदा सोचेजस्तो आम्दानी नभएको बताए ।

“हाम्रो व्यवसाय नै यही मह काढ्ने हो । हामी असोजदेखि चैतसम्म मह काढ्दै, बेच्दै आएका छौँ”, उनले भने, “यहीबाट हामीले घर व्यवहार चलाएका छौँ । ज्यान जोखिममा राखेर मह काढ्ने गरेका छौँ ।” एउटा घारबाट दुईदेखि १० केजीसम्म मह उत्पादन हुने गरेको नीरज बताउँछन् । उनले सम्बन्धित क्षेत्रसँग समन्वय गरी अधियाँमा मह काढ्ने गरेको बताउँदै त्यसबाट राम्रो आम्दानी हुने गरेका बताए । “हामी माहुरीको शुद्ध मह उत्पादन गरी गाउँगाउँमा गएर बिक्री गर्ने गरेका छौँ”, उनले भने, “प्रतिकेजी रु ७०० देखि ९०० सम्ममा बिक्री गर्दै आएका छौँ ।”

यही पेशामा रहेका जगदीश जयसवालको परिवारमा १० सदस्य छन् । उनको आम्दानीको स्रोत त्यही मह नै हो । वर्षको करिब छ महिना मह निकाल्न दौडहामा निस्कने उनी यही मह बिक्री गरेर कमाएको पैसाले छोराछोरीको पढाइलेखाइसँगै घर खर्च पनि चलेको बताउाछन् ।

“कामका लागि जति दौडधुप गरे पनि काम पाइँदैन र आफूसँग अरु सीप पनि छैन”, उनले भने, “जेजति सिकियो, भिर, रुख तथा अन्य कठिन ठाउँमा गएर मह निकाल्न सिकियो । त्यही सीप लिएर देश दौडहामा निस्कने गरेका छौँ ।”

दुईदेखि तीन हजारभन्दा बढी घार मह निकाल्ने तयारी रहेको उनले बताए । “मह निकाल्न अझै धेरै बाँकी छ । तर चिसो बढेका कारण माहुरीले घर छाड्दै जाँदा उत्पादनमा कमी देखिएको छ ।” उनले भने, “अब हामी यो क्षेत्र छाडेर भित्री मधेशतिर जान्छौँ । पुनः माघको अन्तिमसम्म मह निकाल्न फेरि आउँछौँ ।” रासस

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : ४० बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज

एकै दिन ४१ विपद्का घटना

काठमाडौं । साउन २३ गते बिहान १०ः०० देखि २४ गते

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य,

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१