२ चैत्र २०८२, सोमबार | March 17, 2026

समृद्ध समाज निर्माणमा सहकारीको भुमिका अब्बल : लुम्बिनी प्रदेश पर्यटनमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले समृद्ध समाज निर्माणमा सहकारीहरुको भुमिका अब्बल रहेको बताएका छन ।

सहकारीको माध्यमबाट धेरैलाई उद्यमशिलता बनाउन सकिने भएकाले पनि सहकारी समृद्धीको सूचक रहेको उनले बताए । सामूहिक विकास बचत तथा क्रृण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका ३ को २६ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गिरीले बचत र क्रृण प्रहाव गर्ने मात्र सहकारी काम नभई बेरोजगारीलाई रोजगार तर्फ आर्कषित गर्नु र लगानीका लागि प्रोत्साहन गराउने काम पनि सहकारी भएको उनले बताए ।

उनले लगानीका क्षेत्र छनोट गर्दा सहकारीहरुले रोजगारमुलक क्षेत्र पनि समेट्न जरुरी रहेको बताए । उनले अहिलेको प्रविधिलाई आत्मसाथ गर्दै सहकारीहरु डिजिटल प्रविधिमा रुपान्तरण हुँदै सदस्यहरु माथि अझ बढि जवाफदेही हुनुपर्ने बताए । सदस्यहरुको आयआर्जनमा बृद्धि, तालिम लगाएका कार्यक्रमहरुलाई पनि सहकारीले प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।

उनले सहकारी ऐन अनुसासन कायम गराउनका लागि आएको भन्दै ऐनमा भएका अप्ठयारो केही बुदा भए त्यसलाई पनि सच्चाउन प्रदेश सरकार तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले सहकारीले धेरैलाई बचत गर्ने बानीको विकास गरेको भन्दै सहकारीमा जोडिएर उद्यमशिलता हासिल गर्न सवैलाई आग्रह गरे ।

कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष सुरेन्द्र कुमार बर्माले सहकारीले यस बर्ष कोभिडका कारण रोजगार गुमेकाहरुलाई उद्यमशिल बनाउन रोजगार प्रबद्र्धनका कार्यक्रमहरु आगामी बर्षका लागि ल्याइएको बताए । कार्यक्रममा सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मण अर्याल, सल्लाहकार माधव पाठक, कृष्ण प्रसाद नेपाल, चुडामणी खरेल लगायतले बोलेका थिए ।

कोभिडका कारण यस बर्ष सहकारीले ९ दिन सम्म सहकारीको साधारण सभा गरेको थियो । ४ हजार २ सय ७१ महिला र ३ हजार ३ सय ९१ पुरुष गरी कुल ७ हजार ६ सय ६२ शेयर सदस्य रहेको सहकारीले कोरोनाको महामारीको अवस्थामा सहकारी विभागको मार्ग दर्शन अनुसार भिडभाड कम गर्न ९ दिन सम्म साधारण सभाका कार्यक्रम गरेको थियो ।

निक्षेप संकलनमा लुम्बिनी प्रदेशकै ठुलो सामुहिक विकास बचत तथा क्रृण सहकारी संस्थाको ०७७ असार मसान्त सम्म कुल शेयर पुजी २४ करोड ५४ लाख रहेको छ । त्यस्तै जडेडा, संस्थागत कोषमा २८ करोड ७८ लाख रुपैया रहेको छ । १ अर्ब ९२ करोड निक्षेप बचत रहेको सहकारीले १ अर्ब ९१ करोड क्रृण लगानी गरेको छ ।

त्यसतै सहकारीले यस बर्ष मात्र ६ करोड ३१ लाख खुद नाफा गरेको छ । ०७६ असार मसान्त सम्म ७ करोड १७ लाख खुद नाफा गरेको सहकारीले यस बर्ष कोभिडका कारण व्याजदरमा छुट दिदा ६ करोड ३१ लाख रुपैया मात्र खुद नाफा गरेको सहकारीका बरिष्ठ व्यवस्थापक ईश्वरी मरासिनीले बताए ।

सहकारीको कुल सम्पत्ती भने २ अर्ब ४९ करोड ५४ लाख रुपैया रहेको छ ।

कार्यक्रम सहकारीका उपाध्यक्ष लक्ष्मण ज्ञवालीको स्वागत तथा सदस्य मिन प्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  २ : ५८ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित