१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट सवार गाडी दुर्घटना



सिन्धुली । नेपाल टेलिभिजनका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि विष्ट, उनी श्रीमति, छोरा सहित चार जना घाइते भएका छन ।

नेपाल टेलिभिजनको वा१ञ २४७० नम्बरको डस्टर गाडी ब्रेक फेल भएपछि रोडको छेउँमा रहेको साईड वारमा ठोक्किएर दुर्घटना भएको हो ।

शनिबार काठमान्डौबाट इटहरी जाने क्रममा विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ चियावारी र पिपलभञ्ज्याङको बीचमा विष्ट सवार सवारी दुर्घटना भएको हो ।

दुर्घटनामा परि विष्टकी श्रीमति इन्दु विष्ट, छोरा संयम् विष्ट र सवारी चालक केशव सापकोटा घाइते भएका छन ।

घाइतेहरु सबै जनाको अवस्था सामान्य रहेको सिन्धुली अस्पतालले जनाएको छ । घाइते चारै जना सिन्धुली अस्पतालमा उपचारपछि काठमान्डौ फर्किएका छन ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १० : १३ बजे

हेटौँडा-ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौं । लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा-ढल्केवर-दुहवी

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को

नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको