२ चैत्र २०८२, सोमबार | March 17, 2026

सुरक्षामा खटिने प्रहरी नै असुरक्षित : ५६३ कार्यालयको वार्षिक भाडादर १० करोड २९ लाख रुपैयाँ



काठमाडौं । जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका ५ सय ६३ वटा प्रहरी कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन्  ।

शान्ति सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने प्रहरीले भवन व्यवस्था गर्न नसक्दा महँगो भाडा तिरेर कामकाज सञ्चालन गर्दै आइरहेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार भाडामा लिइएका ५ सय ६३ वटा प्रहरी कार्यालयको वार्षिक भाडादर १० करोड २९ लाख रुपैयाँ तिनुपर्छ । हरेक वर्ष करोडौं भाडा तिर्न सके पनि स्थायी भवन बनाउनतिर चासो नराख्दा प्रहरी संगठन झन् कमजोर हुँदै गएको छ । एकातर्फ आफ्नै कार्यालय नहुँदा साँघुरो ठाउँबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता र अर्कातर्फ महँगो भाडा तिनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले कुनै कदम चालेको देखिँदैन ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त कुँवरले प्रहरी कार्यालयहरूको भाडा महँगो भएकाले आफ्नै भवन भए राज्यको खर्च बच्ने बताए । उनले भने, ‘भाडाका भवनबाट कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता प्रहरीलाई छ, अझ कति प्रहरी कार्यालय त साँघुरा छन्, त्यस्तो ठाउँबाट सेवा प्रवाह गर्न प्रहरीलाई कठिनाइ भइरहेको छ ।’ उनका अनुसार देशभर प्रहरीका सबैजसो कार्यालयको संख्या १ हजारको हाराहारीमा छ । तीमध्ये आधाभन्दा बढी कार्यालय भाडाका भवनबाट सञ्चालन हुने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार प्रदेश १ का ६४, प्रदेश २ का ४२, वाग्मती प्रदेशका ८१, गण्डकीका ८३, लुम्बिनीका ९४, कर्णालीका ९८, सुदूरपश्चिमका ६५ वटा कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । त्यस्तै महानगरीय प्रहरी र केन्द्रीय प्रहरी मातहतका ३२ वटा कार्यालय भाडाका घरबाट सञ्चालन भइरहेका छन्  ।

सरकारले सरकारी जग्गा भए पनि प्रहरी भवन बनाउन चासो नदेखाउँदा उपत्यकाबाहिरका प्रहरी कार्यालयहरूले जोखिम मोलेर सुरक्षा दिइरहेका छन् । कतिपय प्रहरी कार्यालय अझै पनि टेन्टबाट सञ्चालन भइरहेका छन् । काठमाडौं उपत्यकाभित्र मुख्य प्रहरी कार्यालयका केही शाखा पनि पालमुनि सञ्चालनमा छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र भक्तपुरले भवन साँघुरो भएका कारण केही शाखा पालमुनि सञ्चालन गरिरहेका छन् । त्यस्तै महानगरीय अपराध महाशाखाको कार्यालय पनि भाडाको भवनबाट सञ्चालन हुँदै आइरहेको छ ।

उपत्यकाभित्रकै प्रहरी कार्यालयसमेत भाडाका घरबाट सञ्चालन भइरहँदा बाहिरका प्रहरी कार्यालयहरूको अवस्था झन् चिन्ताजनक छ । प्रहरी प्रधान कार्यालयले ५ सय ६३ वटा कार्यालयको भाडा तिर्न २ सय ४२ वटा युनिटमार्फत भाडा बुझाउने गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशभित्रका प्रहरी कार्यालयहरू भाडाका भवनबाट सञ्चालन हुँदै आइरहेका छन । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ७ : ४६ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित