२ पुस २०८२, बुधबार | December 17, 2025

संसद विघटन मुलुक र पार्टीका लागि दुर्भाग्यपूर्ण : योगेश भट्टराई



नेपालगन्ज । नेकपाको प्रचण्ड नेपाल पक्षका नेता एवं ओली सरकारका पूर्व मन्त्री योगेश भट्टराईले संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेकपा बाँकेको प्रचण्ड नेपाल पक्षले आज नेपालगन्जमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संबिधान विपरित संसद विघटन गरेको आरोप लगाए।

उनले पार्टी एकताको मर्म र भावना विपरित ओलीले देशलाई वर्वादीतर्फ धकेलेको आरोप लगाउँदै पार्टी एकताको बाँकी काम टुंग्याउने बेला बखेडा झिकेर पार्टीको लागिमात्र नभएर मुलुककै लागि अहितपूर्ण काम गरेको आरोप लगाए ।

जुन चुनाव चिन्हबाट जितेर प्रतिनिधिसभामा नेकपा पुगेको थियो त्यही संबिधानसभा विघटन गरेर ओलीले सुर्य चिन्ह मासेको आरोप लगाए । भट्टराईले सुर्य चिन्ह नेकपाकै चुनाव चिन्ह हुने दावी गर्दै केपी ओलीको इतिहासले अवश्य मूल्यांकन गर्ने बताए ।

कार्यक्रमलाई नेकपा नेतृ पुर्णाकुमारी सुबेदी, महेश्वर गहतराज लगायतका नेताले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ५ : ४६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल