१५ असार २०८३, सोमबार | June 29, 2026

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले काठमाडौको क्षेत्र न ६ मा गर्यो अगुवा कार्यकर्ता भेला



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले काठमाडौको क्षेत्र न ६ गोंगवुमा  अगुवा कार्यकर्ता भेला गरेको छ ।

भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य डाक्टर बिजय पौडेलले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि ‘कु’ गरेको बताए । उनले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरुद्ध आन्दोलन गर्नुको विपल्प नभएको बताए । आन्दोलन प्रधानमन्त्रीले आँफु संविधान भन्दा माथि बसेर चालेको असंवैधानिक कदमको विरुद्धमा हुनुपर्ने उनको भनाई थियो । प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमलाई अदाललते उल्टाइदिने उनको दावी छ ।

यस्तै अर्का केन्द्रीय सदस्य हिमाल शर्माले प्रधानमन्त्रीले संसद विघटन गरेर संविधानमाथि सिधै बलात्कार गरेको आरोप लगाए । प्रधानमन्त्री ओली संविधानभन्दा माथि हुन खोजेको शर्माको आरोप थियो । पार्टीको झगडा मिलाउन नसकेर संसद विघटन गरी देशलाई भड्खालोमा हालेको शर्माको भनाई थियो ।

कार्यक्रममा महिला नेतृ कल्पना शर्माले संसद पुनर्स्थापनाको बिकल्प नभएको बताइन । नेतृ शर्माले प्रधानमन्त्री ओलीले बिधिको शासनको अन्त्य गरेको आरोप लगाइन । जनताले अब संसदको पुनर्स्थापना रोज्ने कि मुलुकको र बिधिको शासनको सत्यानाशको बाटो रोज्ने उनको भनाई थियो । भेलामा चार सय भन्दा बढी नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : ३३ बजे

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ