२५ श्रावण २०८३, सोमबार | August 10, 2026

आजको मौसम : प्रदेश नं १, कर्णाली र सुदुरपश्चिममा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सफा



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ ।

हाल बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै देशका बाँकी भु-भागको मौसम सामान्यतया सफा रहेको छ । आज विहान ६ बजेको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेका छ ।

आजको न्युनतम तापक्रम २ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसममा आंशिक बदली रहने छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १ को पहाडी भु-भागको मौसममा आंशिक बदली रहने छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ४५ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता