२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

फुटिसकेको नेकपा ‘जोड्न’ चिनियाँ कसरत



काठमाडौं । फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ । पटक-पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ ।

साबिक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक-अर्कालाई कारबाही गरी पार्टीको आधिकारिकता आफूले पाउनुपर्ने भन्दै निर्वाचन आयोगमा आवेदन गरेका छन् । दाहालले आफ्नो खेमामा ओलीको साटो माधवकुमार नेपाललाई अध्यक्ष बनाइसकेका छन् ।

दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली आइतबार नेपाल पठाएको छ । राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं पठाएका हुन् । उक्त टोलीले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेट गर्ने स्रोतले जनाएको छ ।

नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका निरर्थकसरह भएको थियो । चिनियाँ राजदूत होउ यान्छी केही समयदेखि नेकपाभित्रको विवाद मत्थर गर्न सक्रिय थिइन् । तैपनि, नेकपा चिरिएको थियो ।

चीन कुनै हिसाबले पनि नेकपा नफुटोस् भन्ने चाहन्छ । सोहीबमोजिम उसले अन्तिम कसरत गरिरहेको छ । उपमन्त्री येचौको टोलीमा सन हेयान, लियाङ विआन र झेङ युआ आएका छन् ।

राजदूत होउले उपमन्त्री येचौ र नेताहरूको भेटघाटको समन्वय गरेकी छन् । तर, यसबारे चिनियाँ दूतावासले औपचारिक जानकारी दिएको छैन । दुतावासले नेताहरूको भ्रमणबारे कुनै प्रतिक्रिया दिन मानेन । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ७ : १४ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक