३१ श्रावण २०८३, आइतबार | August 17, 2026

प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग गरेको पूर्व मन्त्री भट्टराईको आरोप



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्रीले संसद विघटन गरेर अख्तियारको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रेस संगठन बाँकेले सोमबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले संबिधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेर अख्तियारको दुरुपयोग गरेको बताएका हुन् ।

नेता भट्टराईले पार्टीबाट काम गर्न नदिएको भन्ने प्रधानमन्त्री ओलीको आरोप गलत भएको स्पष्ट पार्दै विविधता भएको पार्टी भित्र पार्टीका नेताले विविधता भित्र एकता खोज्नुपर्ने बताए । उनले कसैको एकल आदेश र हुकुमबाट पार्टी नचल्ने बताउँदै ओलीले पार्टीभित्र एकता कायम गर्न नसकेको र आफ्नो अयोग्यतालाई संसदमा लगेर मुलुकलाई थोपार्न नमिल्ने बताए ।

ओलीले पार्टी भित्र बहुमत बनाउन नसक्ने, केन्द्रीय कमिटि, स्थायी कमिटी र संसदीय दलमा बुहमत पु¥याउन नसकेपछि संसदमा लगेर आफ्नो अयोग्यता पोखेको भट्टराईको आरोप छ । ‘पार्टीको नेता पार्टीको बैठकबाट भाग्न मिल्छ रुस्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीयदलबाट भाग्ने रु’, भट्टराईले प्रश्न गरे ।

ओलीले हुकुमी शैलीमा पार्टी चलाउन खोजेको भन्दै नेता भट्टराईले संसदीय अंगहरुलाई समेत नियन्त्रण गर्न खोजेर निरंकुशता प्रदर्शन गरेको बताए । ओली सरकारमा मन्त्री समेत रहेका भट्टराईले मुलुकमा अस्थिरता ल्याएर ओलीले वैदेशिक चलखेलको बाटो खोलेको आरोप लगाउँदै देशलाई अकर्मन्यताको बाटोमा लैजाने व्यक्ति प्रधानमन्त्रीमा बस्न नहुने बताए ।

उनले बुहदलीय जनवाद र एमाले विघटनको कागजमा ओली आफैले हस्ताक्षर गरेको हुँदा ओली पक्षले बहुदलीय जनवाद र एमालेको नाम लिन नसुहाउने जिकिर गरे । उनले संसद विघटन गरेर संसदीय व्यवस्था र राज्य प्रणालीकै मृत्युपत्रमा समेत ओलीले हस्ताक्षर गरेको आरोप लगाए ।

नेकपाको विभाजनले सिङ्गो मुलुक दुःखी भएको र मुलुकमा अस्थिरताको सुरुवात भएको उनको भनाई छ । प्रचण्ड–नेपाल पक्षको बाँके जिल्लस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेता भट्टराई हिजो नेपालगन्ज पुगेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १० : २८ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण