३१ श्रावण २०८३, आइतबार | August 17, 2026

न्यु लुम्बिनीको ब्याडमिन्टन प्रतियोगिता हुदै



बुटवल । न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा पुस १५ र १६ गते दुई दिने प्रदेशस्तरिय बि लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरि आयोजक क्लबका अध्यक्ष बोनिन पियाले प्रतियोगिताको तयारी पुरा भएको बताए ।

प्रतियोगितामा पुरुष डबलतर्फका उपाधि विजेताले नगद ३५ हजार ५ सय ५५ रुपैया, कप, मेडल प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैया, कप मेडल, प्रमाणपत्र एवं तृतिय स्थान हासिल गर्ने टिमले नगद १५ हजार ५ सय ५५ रुपैया, कप, मेडलप्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।

यसैगरि भेट्रान्सतर्फ उपाधि विजेताले नगद २० हजार ५ सय ५५ रुपैया, उपविजेताले नगद १५ हजार ५ सय ५५ तथा तृतियले नगद १० हजार ५ सय ५५ रुपैया कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदयमान खेलाडी र अनुसासित खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए ।

शिवनगर स्थित खुल्ला कबर्ड हलमा दुई दिने प्रतियोगितामा पुरुषतर्फ ४० तथा भेट्रान्स तर्फ १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन ।

प्रतियोगिताको पुरुष डबलतर्फ प्रथम पुरस्कार यशोधा फुड्स प्रालि, द्घितिय पुरस्कार आवास ग्रुप बुटवलका संचालक महेश थैवबाट माता लाल कुमारी थैव, तृतिय पुरस्कार शक्ति कोल्ड रिट्रेड प्रालिबाट सौजन्य भएको छ । यसैगरि भेट्रान्सतर्फ प्रथम पुरस्कार ब्ल्याक फरेस्ट क्याफे र एजी हेल्थ ईण्डष्ट्रिज प्रालि, दोस्रो पुरस्कार समाजसेवी श्रीराम बराल र किरण पौडेल, तेस्रो पुरस्कार समाजसेवी चन्द्रमान मल्लबाट सौजन्य भएको उनले बताए ।

यसैगरि प्रतियोगिताको सबै ट्रफि, मेडलहरु स्पोर्ट्स ग्यालरीबाट सौजन्य भएको छ ।

कार्यक्रममा क्लबका सल्लाहकार नारायण घिमिरे, नर बहादुर केसी, दिनेश प्रधान, प्रचारप्रसार संयोजक तथा महासचिव जिवकान्त काफ्ले, कार्यक्रम संयोजक रोहित पुरीले खेल प्रतियोगिताबाट खेलाडी उत्पादन हुनेमा आशा ब्यक्त गरे ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : ५८ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण