१० बैशाख २०८३, बिहिबार | April 23, 2026

राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सवारी कर्जा लगानी सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडबीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी रहेको छ ।

सम्झौतापछि टाटा कम्पनीका व्यापारिक सवारी साधन खरीद गरेर व्यवसाय गर्न चाहने उद्यमीहरुलाई सिप्रदी ट्रेडिङ्गले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । सोही उद्यमीहरुलाई बैंकले ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्नेछ ।

दोश्रोे सम्झौता नीजि तथा व्यापारिक सवारी कर्जा लगानीसम्बन्धी रहेको छ । सम्झौता पछी टाटा कम्पनीका नीजि तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङ्गमार्फत खरीद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको प्रतिस्पर्धी क्षमता बृद्धि गर्नको लागि ठूला व्यापारिक संस्थाहरुसँगको सहकार्य फलदायी हुने बताए ।

सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यस्तो सम्झौताले व्यक्तिको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौताले दुबै संस्थाको व्यवसाय बृद्धिमा सघाउ पुग्ने बताए । बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु विनयरमण पौडेल, पद्यमा लक्ष्मी जिसी, कम्पनी सचिव भोलानाथ पौडेल, सिप्रदी ट्रेडिङ्गका भाइस प्रेसिडेण्ट सौरभ थपलिया, सेल्स प्रमुख शरद न्यौपाने लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ४ : ३१ बजे

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना

उद्योगी शेखर गोल्छा पक्राउ

काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। काठमाडौं जिल्ला

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग

काठमाडौं । हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिकसत्रको

राष्ट्रपतिद्वारा संसद अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन स्थगित