२५ श्रावण २०८३, सोमबार | August 10, 2026

‘फोन पे स्टुडेण्ट एम्बेस्डर २०२० ’ को विजेता बन्यो ‘इन्फ्लु–एसर’



काठमाडौ । नेपालको  फिनटेक कम्पनी फोन पे ले एश इन्स्टिच्युड अफ म्यानेजमेन्टबाट आएको टोली इन्फ्लु–एसरलाई ‘फोन पे स्टुडेण्ट एम्बेस्डर २०२० ’ को विजेता घोषणा गरेको छ ।

डिजिटल नेपालको प्रवद्र्धन गर्न नविन सोचका युवाहरुको खोजीको लागि पहिलो पटक विद्यार्थी लक्षित कार्यक्रम गरिएको थियो । यो विद्यार्थीहरुका लागि सिक्ने, सिकाउने र व्यबसायिक तथा व्यक्ति विकासको लागि एक प्लेटफर्म हो । यो कार्यक्रम ४ अगस्ट २०२० देखि २१ नेभेम्बर २०२० सम्म सञ्चालन भएको थियो । यस कार्यक्रम तीन चरणमा विभाजन गरि गरिएको थियो ।

४ अगस्ट देखि ३१ अगस्ट अगस्टसम्म सञ्चालन भएको पहिलो चरणमा विद्यार्थीहरुले आवेदन फारमका साथै एउटा फोन पे सँग सम्बन्धित रचनात्मक भिडियो निर्माण गर्नुपर्ने थियो । पहिलो चरणमा काठमाडौका विभिन्न कलेजहरुबाट ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

दोस्रो चरणमा एम्बेस्डर छनौटका लागी शीर्ष १७ टोली छानिएका थिए । यस चरणमा सहभागीहरुले तीन महिनामा ब्राण्डको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए ।
अगस्ट ९ देखि नोभेम्बर २१, २०२० सम्म एम्बेस्डरहरुले फिनटेकका परिदृश्यका साथै फोन पे का सबै सेवाहरुका विषयमा गंभिर ढंगले अध्ययन गरेका थिए ।
शिर्ष १० विद्यार्थी दुतहरुमा एश इन्टरनेशनल विजनेस स्कुलबाट ‘फ्रन्टरनर्स’,काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट ‘जानुस’ ,द ब्रिटिस कलेजबाट ‘एक सपना’,काठमाडौ कलेज अफ म्यानेजमेन्बाट ‘गार्नेट’,पुल्चोक इञ्जिनियरिङ कलेजबाट ‘निर्भया’,एश इन्टिच्युड अफ म्यानेजमेन्टबाट ‘एश मास्ट्रोस’,नेशनल कलेज अफ कम्प्युटर स्टटिजबाट ‘टाइटन्स् ’,हेराल्ड कलेज काठमाडौबाट ‘एक्स्होर्टस’,एश इन्टिच्युड अफ म्यानेजमेन्टबाट ‘प्रभाव पार्ने मान्छेहरु’,थेम्स् इज्न्टरनेशनल कलेजबाट ‘एनआइइ’ रहेका थिए ।

डिजिटल नेपालको विचार प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गपरएको यस कार्यक्रमको अवधिभर शिर्ष १० टिमले विभिन्न सामाजिक सञ्जालमा एक्टिभेसन कार्यक्रम सञ्चालन गरेका थिए ।  यस अवधिमा विद्यार्थीहरूलाई भिडियो निर्माण प्रतियोगितामा प्रतिश्पर्धा गर्ने अवशर दिइएको थियो । उनीहरुले फोन पे प्रयोग र यसले पुर्याउने फाइदाका विषयमा भिडियो निर्माण गरेका थिए ।

विजेता टिमले विगमार्टबाट प्रस्ताव गरिएको रू ५ हजार बराबरको गिफ्ट भौचर प्राप्त गरेका थिए । विजेता २० डिसेम्बर २०२० मा घोषित गरिएको थियो । काठमाडौ कलेज अफ म्यानेजमेन्टबाट ‘गार्नेट’ टोलि भिडियो पतियोगितामा विजेता बन्यो र उसले बिगमार्टको सपिङ भौचर जित्न सफल भयो ।
एस इन्स्टिच्युड अफ म्यानेजमेन्टले ६२,७०० पोइन्ट्स ल्याउँदै टाइटल उपाधि जित्न सफल भयो । यस्तै काठमाडौ कलेज अफ म्यानेजमेन्ट फस्ट रनरअप जित्न सफल भयो । यसैगरी एश इन्टिच्युडको टिम एश मास्ट्रोसले सेकेण्ड रनरअप जित्न सफल भयो ।

 

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : ०१ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौं जाँदै गरेको बसले खैरहनी नगरपालिका-१, शाहीचोकमा

नेपालमा आयो नयाँ विद्युतीय स्कुटर ‘टिभिएस अर्बिटर’, बुटवलमा सार्वजनिक

बुटवल । टिभिएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि लाम

काठमाडौं । आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा