१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

शान्ति र समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक छ : प्रदेश प्रमुख शेरचन



पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको दिगो शान्ति र समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।

पोखरा महानगरपालिका–११ जयकोटस्थित कर्म सिद्ध रानीपौवा गुम्बाको आज शिलान्यास गर्दै उनले जनताका इच्छा र आकाङ्क्षा पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताए ।

प्रमुख शेरचनले बुद्ध दर्शन मानव कल्याण र विकासका लागि वैज्ञानिक दर्शन बनेको उल्लेख गर्दै यसलाई तल्लो तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए । जीवजन्तुको कल्याण, उत्थान एवम् विभेदरहित व्यवहारलाई आत्मसात् गर्दै लोभलालच, द्वेषमुक्त भएर शान्ति र कल्याणमा लाग्न सके मात्र बुद्धत्व प्राप्त गर्नेततर्फ उन्मुख हुनेमा उनले जोड दिए ।

धार्मिक आस्था बोकेर नभई कर्म गरे मात्र धर्म हुने विश्वास व्यक्त गर्दै प्रमुख शेरचनले भन्नुभयो, “प्रत्येक प्राणी र समाजका दुःखी असहायको सेवा गर्नु असल धर्म हो ।” उनले गुम्बा निर्माणमा सङ्घ र प्रदेश सरकारसँग आफूले पहल गर्ने बताए ।

पहिलो तल्ला चार हजार, दोस्रो तल्ला तीन हजार, तेस्रो र चौथो तल्ला एक हजार २०० स्क्वायर फिटको रहने कर्म सिद्ध गुम्बा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु ६ करोडको लागतमा निर्माण गरिने कर्तो गुरुङले जानकारी दिए ।

हिमालपारिको जिल्ला मनाङबाट बसाइँसराइ गरेर पोखरा आएका व्यक्तिहरुको सक्रियतामा २०१६ मा निर्माण गरिएको गुम्बा २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति भएपछि सोही परिसरमा गुम्बा निर्माण गर्न लागिएको हो ।

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : २३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम