२० मंसिर २०८२, शनिबार | December 6, 2025

एक किलो ८५० ग्राम लागूऔषध चरेससहित दुई पक्राउ



कैलाली । लागूऔषध चरेससहित कैलालीबाट सोमबार दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको पुर्चुडी नगरपालीका-७ का महेश साउँद र कैलालीको गोदावरी नगरपालिका-१० घर भएका ओमबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

दुबै जनालाई गोदावरी नगरपालिका-२ अत्तरियास्थित सुमन होटेलबाट एक किलो ८५० ग्राम लागूऔषध चरेससहित पक्राउ गरिएको हो । पक्राउ परेका सिंह सोही होटेलका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट रु ३७ हजार ५०० समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : ३६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति