२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

एक किलो ८५० ग्राम लागूऔषध चरेससहित दुई पक्राउ



कैलाली । लागूऔषध चरेससहित कैलालीबाट सोमबार दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको पुर्चुडी नगरपालीका-७ का महेश साउँद र कैलालीको गोदावरी नगरपालिका-१० घर भएका ओमबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

दुबै जनालाई गोदावरी नगरपालिका-२ अत्तरियास्थित सुमन होटेलबाट एक किलो ८५० ग्राम लागूऔषध चरेससहित पक्राउ गरिएको हो । पक्राउ परेका सिंह सोही होटेलका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट रु ३७ हजार ५०० समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : ३६ बजे

आज विश्व दृष्टि दिवस

काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका

आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा

बेनी-जोमसोम-कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको