२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

अदालतको चार किल्ला भित्र न्यायको हत्या नहोस् : गगन थापा



नेपालगन्ज । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटनको मुद्दामा सम्मानित अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । प्रेस युनियन बाँकेले आज नेपालगन्ज्मा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले अदालतको चार किल्ला भित्र न्यायको हत्या नहोस् भन्ने कांग्रेसले चाहेको स्पष्ट पारे ।

उनले सर्वोच्च अदालतको बहसको पक्षमा, विपक्षमा सबैले आफ्नो धारणा राख्न पाउँने भएपनि ब्याख्या गर्ने अधिकार अदालतको भएको बताए । अदालतको चार किल्ला भित्र न्यायको हत्या नहोस्, अदालतको चार किल्लाभित्र विवेकको हत्या नहोस्।’उनले भने ‘यो सर्वोच्चको अधिकार हो, संविधानको ब्याख्या गर्दै गर्दा संविधानको जुन विषयमा जटिलता देखिएको छ, त्यसका बारेमा हाम्रा आफ्नो पक्षहरु के हुन् भनेर राख्ने कुरा स्वभाविक हो र त्यो नै संवैधानिक बाटो पनि हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको उल्लंघन गरेको थापाले बताए । प्रधानमन्त्रीले गरेको गल्तीलाई राष्ट्रपतिले सदर गरिदिएको भन्दै थापाले दुई वटा संस्था संविधानको उल्लंघन गर्ने कुरामा अपराधमा साझेदार भइसकेकाले सबैको प्रतिक्षा अदालतको फैसलामा रहेको बताए । संविधानले कल्पना नै नगरेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको पूर्वमन्त्री थापाले बताए।

उनले नेपाली कांग्रेसले राष्ट्रपतिलाई बेलैमा असंवैधानिक सिफारिसमा स्विकृती नदिन अनुरोध र आग्रह गरेपनि असंवैधानिक सिफारिसमा राष्ट्रपतिले सदर गरिदिएको बताए । राष्ट्रपतिले आफ्नो जिम्मेवारी पुरा गर्नु भएन, प्रधानमन्त्रीले गर्नु भएको असंवैधानिक कामलाई राष्ट्रपतिले सदर गरिदिनु भएको छ।’ उनले भने । नेपालको संविधान २०७२ मा आफूहरुले अल्मलिने कुरा नलेखेको उनको दाबी छ।

 

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १२ : ५१ बजे

आज विश्व दृष्टि दिवस

काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका

आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा

बेनी-जोमसोम-कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको