२२ बैशाख २०८१, शनिबार | May 4, 2024

अदालतको चार किल्ला भित्र न्यायको हत्या नहोस् : गगन थापा



नेपालगन्ज । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटनको मुद्दामा सम्मानित अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । प्रेस युनियन बाँकेले आज नेपालगन्ज्मा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले अदालतको चार किल्ला भित्र न्यायको हत्या नहोस् भन्ने कांग्रेसले चाहेको स्पष्ट पारे ।

उनले सर्वोच्च अदालतको बहसको पक्षमा, विपक्षमा सबैले आफ्नो धारणा राख्न पाउँने भएपनि ब्याख्या गर्ने अधिकार अदालतको भएको बताए । अदालतको चार किल्ला भित्र न्यायको हत्या नहोस्, अदालतको चार किल्लाभित्र विवेकको हत्या नहोस्।’उनले भने ‘यो सर्वोच्चको अधिकार हो, संविधानको ब्याख्या गर्दै गर्दा संविधानको जुन विषयमा जटिलता देखिएको छ, त्यसका बारेमा हाम्रा आफ्नो पक्षहरु के हुन् भनेर राख्ने कुरा स्वभाविक हो र त्यो नै संवैधानिक बाटो पनि हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको उल्लंघन गरेको थापाले बताए । प्रधानमन्त्रीले गरेको गल्तीलाई राष्ट्रपतिले सदर गरिदिएको भन्दै थापाले दुई वटा संस्था संविधानको उल्लंघन गर्ने कुरामा अपराधमा साझेदार भइसकेकाले सबैको प्रतिक्षा अदालतको फैसलामा रहेको बताए । संविधानले कल्पना नै नगरेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको पूर्वमन्त्री थापाले बताए।

उनले नेपाली कांग्रेसले राष्ट्रपतिलाई बेलैमा असंवैधानिक सिफारिसमा स्विकृती नदिन अनुरोध र आग्रह गरेपनि असंवैधानिक सिफारिसमा राष्ट्रपतिले सदर गरिदिएको बताए । राष्ट्रपतिले आफ्नो जिम्मेवारी पुरा गर्नु भएन, प्रधानमन्त्रीले गर्नु भएको असंवैधानिक कामलाई राष्ट्रपतिले सदर गरिदिनु भएको छ।’ उनले भने । नेपालको संविधान २०७२ मा आफूहरुले अल्मलिने कुरा नलेखेको उनको दाबी छ।

 

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १२ : ५१ बजे

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको