२ पुस २०८२, बुधबार | December 17, 2025

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–नेपाल नेकपाद्वारा देशव्यापी विरोध प्रदर्शन



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर विरोध प्रदर्शन सुरु गरेको छ ।

नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको भन्दै नेकपाको प्रचण्ड–नेपाल पक्षले देशव्यापी आन्दोलन सुरु गरेको हो । केन्द्रीय नीतिअनुसार आज मंगलबार देशभर विरोध प्रदर्शन सुरु गरिएको छ ।

काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरुले नेतृत्व गरेका छन् ।

काठमाडौंको विभिन्न भागबाट सुरु गरिएको जुलुस प्रदर्शन भृकृटीमण्डमा पुगेर आमसभामा परिणात हुनेछ । सभालाई शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

पुष ५ गतेबिहानसम्म एउटै पार्टी रहेको नेकपा अहिले व्यवहारिक रुपमा फुटेर दुई टुक्रा भैसकेको छ । एक टुक्राको नेतृत्व प्रचण्ड–नेपाल पक्षले गरेका छन् । जहाँ दुई तिहाई केन्द्रीय सदस्य र अधिकांश सांसदहरु रहेका छन् भने अर्को टुक्राको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्, जोसँग राज्यका संबै अंगहरु रहेका छन् ।

दुवै पक्षले आआफ्नो पक्षमा नेता कार्यकर्ता र मतदाताहरुलाई आकर्षित गर्न भगिरथ प्रयत्न गरिरहेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : १९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन