२० मंसिर २०८२, शनिबार | December 6, 2025

आजको मौसम : पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । हाल सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।  आजको न्युनतम तापक्रम २ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । त्यस्तै गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिन्छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश र प्रदेश १ का उच्च हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ३० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय