३ चैत्र २०८२, मंगलबार | March 17, 2026

आजको मौसम : पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । हाल सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।  आजको न्युनतम तापक्रम २ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । त्यस्तै गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिन्छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश र प्रदेश १ का उच्च हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ३० बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै