२० मंसिर २०८२, शनिबार | December 6, 2025

भाषा, धर्म, संस्कृतिलगायत विविधतालाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन ।

उनले आज एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका तमु समुदायलगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

‘‘तमु समुदायको महान पर्व तमु ल्होछारको अवसरमा यस समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ,’’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै उनले यसलाई मौलिक पुँजीको रूपमा व्याख्या गरेका छन । प्रचलित भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधतालाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन ।

तमु ल्होछार पर्वले तमु समुदाय लगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षासमेत उनले व्यक्त गरेका छन ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ३७ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय