४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई परीक्षाको आवेदन खुला



काठमाडौं । यस वर्षको एसईई परीक्षाको आवेदन खुला भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको  आवेदन फारम खुलाएको हो।

एसईई‌ परीक्षा कहिले हुने भन्ने अन्यौलकै बीच परीक्षा आवेदन फारम खुला भएको छ ।

बोर्डले कक्षा १० का विद्यार्थीले एसईईमा समावेश हुन फारम भर्ने सूचना निकालेको छ । सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ।

आवेदन नियमित विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरिएको छ । फाराम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ।

यस्तै बोर्डले  ९ कक्षाका विद्यार्थीको रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ। त्यसका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ८ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको