४ पुस २०८२, शुक्रबार | December 20, 2025

भ्रामक समाचारप्रति नेता शर्माको सचिवालयले गर्यो खण्डन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका दलका नेता दीनानाथ शर्माको सचिवालयले प्रचण्डसित जोडेर प्रकाशित भएको समाचारको खण्डन गरेको छ ।

अध्यक्ष प्रचण्डलाई जोडेर केही अनलाइन सञ्चार माध्यममा ‘प्रचण्डलाई साथ दिनु भनेको देशप्रति गद्दारी गर्नु हो’ भन्ने शीर्षकमा प्रकाशित भएको समाचारप्रति नेता शर्माको सचिवालयले खण्डन गरेको हो ।

खण्डन गर्दै स्वकीय सचिव साजन पौडेलले भनेका छन्, ‘यस्ता सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै पार्टीका आम कार्यकर्ता, आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।

भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका दलका नेता दीनानाथ शर्माका बारेमा केही अनलाइन मिडियाहरुमा प्रचण्डलाई साथ दिनु भनेको देशप्रति गद्दारी गर्नु हो भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै पार्टीका आम कार्यकर्ता, आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।

साजन पौडेल
स्वकीय सचिव

 

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १२ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको