३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

भ्रामक समाचारप्रति नेता शर्माको सचिवालयले गर्यो खण्डन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका दलका नेता दीनानाथ शर्माको सचिवालयले प्रचण्डसित जोडेर प्रकाशित भएको समाचारको खण्डन गरेको छ ।

अध्यक्ष प्रचण्डलाई जोडेर केही अनलाइन सञ्चार माध्यममा ‘प्रचण्डलाई साथ दिनु भनेको देशप्रति गद्दारी गर्नु हो’ भन्ने शीर्षकमा प्रकाशित भएको समाचारप्रति नेता शर्माको सचिवालयले खण्डन गरेको हो ।

खण्डन गर्दै स्वकीय सचिव साजन पौडेलले भनेका छन्, ‘यस्ता सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै पार्टीका आम कार्यकर्ता, आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।

भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका दलका नेता दीनानाथ शर्माका बारेमा केही अनलाइन मिडियाहरुमा प्रचण्डलाई साथ दिनु भनेको देशप्रति गद्दारी गर्नु हो भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै पार्टीका आम कार्यकर्ता, आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।

साजन पौडेल
स्वकीय सचिव

 

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १२ : २२ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।