२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

मन्त्रीपरिषद विस्तारविरूद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ हुँदै



काठमाडौं । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद विस्तारविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि मन्त्रीपरिषद विस्तार गरेका थिए । त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले रिट दायर गरेका थिए ।

त्यसैमाथि आज सर्वोच्चमा सुनुवाइ हुन लागेको हो । यो रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको छ ।

रिटमा नवनियुक्त मन्त्रीहरुलाई कामकारवाही नगर्न अन्तरिम आदेश माग गरिएको छ । त्यस्तै, यो सरकार काम चलाउन भएकाले मुलुक सञ्चालनका दैनिक कामकारबाहीबाहेक दिर्घकालीन असर पर्ने निर्णय नगर्न नगराउन आदेश माग गरिएको छ ।

यो रिट इजलास नं. ५ को रहेको छ । आज सुनुवाइ हुने मुद्दाको अन्तिममा परेको छ । प्रधानमन्त्री ओलीले पुस १० गते मन्त्रीपरिषद विस्तार गरेका थिए । जसमा केही मन्त्रीलाई हेरफेर गरिएको थियो भने केही नयाँ नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ३७ बजे

चर्चित भारतीय अभिनेता नाना पाटेकरको हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन

काठमाडौं । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा

आज विश्व दृष्टि दिवस

काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका

आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा