२० बैशाख २०८३, आइतबार | May 3, 2026

नेपाल टेलिकमको एनटीटिभी शुक्रबार देखी सार्वजनिक हुँदै



काठमाडौं । नेपाल टेलिकमले आउँदो शुक्रबार आफ्नो आईपीटिभी सेवा सञ्चालनमा ल्याउने भएको छ ।

कम्पनीले आउँदो पुष १७ गतेदेखि एनटीटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) मार्फत आईपीटिभी सेवा उपलब्ध गराउने भएको हो ।

हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । अब भने कम्पनीले सोही फाइबरमा आईपी टिभी सेवा थप गर्ने भएको हो ।

कम्पनीको एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच भने अपरिहार्य हुन्छ । तत्कालका लागि यो सेवा काठमाण्डौं उपत्यका भित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोंगबुमा उपलब्ध हुनेछ ।

यसैगरी पाटन, हात्तिगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यका बाहिर बनेपामा समेत टेलिकमको एफटीटीएच नेटवर्क पुगिसकेको छ । प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने भएकाले ती स्थानहरुमा यो आईपीटिभी सेवा उपलब्ध हुनेछ ।

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस, डेटा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटिटिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

एनटिटिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट एसटीबी (सेट टप बक्स) खरिद गर्नु गर्नेछ । साथै ग्राहकले प्रयोग गरिरहेको पुरानो किसिमको टिभी सेट र आधुनिक डिजिटल टिभी सेटमा एनटिटिभी हेर्न सकिने कम्पनीले जनाएको छ ।

विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटिटिभी सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्नेछ । त्यसअनुसार ग्राहकले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौंट गर्न पाउनेछन् ।

प्याकेज तथा दररेट सम्बन्धी जानकारी कम्पनीको वेबसाइट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । साथै, एनटिटिभी सम्बन्धी उपयोगी जानकारी एफएक्यूको रुपमा तथा सेट टप बक्स तथा एफटीटीएच राउटरबिचको कनेक्सन सम्बन्धी जानकारीहरु भिडियो क्लिप लगायतका माध्यमबाट उपलब्ध गराइने बताइएको छ ।

कम्पनीको भ्वाइस सेवा, डेटा सेवा र टिभी सेवा एउटै फाइबरको माध्यमबाट उपलब्ध हुने भएकोले कम्पनीका सेवाहरु ग्राहकमाझ थप लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  २ : ५१ बजे

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा