२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

सीडीएमए मोबाइल सेवा बन्द हुँदै



काठमाण्डौं । दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७/७८ देखि बन्द हुने भएको छ ।

दूरसञ्चार बजारमा सीडीएमए पुरानो किसिमको प्रविधि भएको, उपकरण उपलब्ध हुन छाडेको र यसले प्रयोगकर्ता आकर्षित गर्न नसकेको ठहर गर्दै टेलिकमले यो सेवा बन्द गर्ने निर्णय गरेको हो । गत आवमै टेलिकमले सीडीएमएमा थप लगानी नगर्ने निर्णय सार्वजनिक गरिसकेको थियो ।

चालू आवको वार्षिक कार्यक्रममै कम्पनीले सीडीएमएका विद्यमान प्रयोगकर्तालाई जीएसएमका टुजी, थ्रीजी र फोरजी प्रयोगकर्ताका रूपमा ‘माइग्रेट’ गर्ने योजना बनाइसकेको छ । यद्यपि यसरी प्रयोगकर्ता माइग्रेट गर्दा कुन विधिबाट गर्न सकिन्छ भन्ने विषयमा अहिले अध्ययन भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

उनले अहिलेकै सीडीएमए नम्बरलाई जीएसएम नम्बरका रूपमा प्रयोग गर्ने अथवा पोस्टपेड नम्बर दिने भन्ने विषयमा छलफल गरिरहेको बताए । उनले सीडीएमए सेवा बन्द गर्न यसको बीटीएस भएका स्थानमा टुजी अथवा थ्रीजी टावर राख्नुपर्ने भएकाले सकेसम्म यसै आर्थिक वर्षमा यो परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।

नेपाल टेलिकमले हाल ८ सय मेगाहर्ज ब्यान्डमा ६ मेगाहर्ज फ्रिक्वेन्सीको प्रयोग गरेर सीडीएमए सेवा उपलब्ध गराइरहेको छ । अर्को १९ सय मेगाहर्ज ब्यान्ड पनि सीडीएमएका लागि तोकिए पनि त्यस अन्तर्गतका सबै फ्रिक्वेन्सी फोरजी उपयोगका लागि १८ सय मेगाहर्ज ब्यान्डमा समाहित गरिएपछि उक्त ब्यान्ड हाल नेपालमा प्रयोग छैन ।

सीडीएमएका लागि प्रयोग भइरहेको ८ सय मेगाहर्ज ब्यान्डलाई पनि नयाँ प्रविधिको फोरजी सेवाका लागि उपयोग गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको सुझाव अनुसार रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले निर्णय गरेपछि उक्त ब्यान्डबाट सीडीएमए सेवा विस्थापित गर्ने प्रक्रिया अघि बढेको थियो । टेलिकमले सोहीअनुसार सीडीएमए सेवा पनि बन्द गर्ने प्रयास थालेको हो । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : १९ बजे

कांग्रेस १५ औँ महाधिवेशन : मतदान दिउँसो १ बजेको लागि सर्‍याे

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

वातावरण संरक्षणको सन्देशसहित रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेसनल कलेजको ‘मास मार्च’

बुटवल । वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा

चर्चित भारतीय अभिनेता नाना पाटेकरको हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन

काठमाडौं । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा

आज विश्व दृष्टि दिवस

काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका

आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल