३ चैत्र २०८२, मंगलबार | March 17, 2026

आइएमई ग्रुपले गर्यो चितवनस्थित कोभिड १९ ले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई आर्थिक सहयोग



काठमाडौ । आइएमई ग्रुपले चितवनस्थित कोभिड १९ का कारण विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकहरुका परिवारलाई आर्थिक सहयोग गरको छ ।

विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका आफन्तलाई आइएमई ग्रुपले ‘आइएमई भरोसा कोष’ अन्तर्गतको रकम वितरण गरेको हो । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको छ ।

बिहिवार चितवनमा आयोजित एक विशेष कार्यकमकावीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि सुरज पौडेलले संयूक्त रूपमा आवेदक स्व. बुद्धि लाल सार्की को पत्नी सीता सार्की लाई चेक हस्तान्तरण गरेको हो ।‘आइएमई पे’ वालेट मार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुसमसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिएको आइएमई ग्रुपले जनाएको छ ।

कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरेको हो । साथै निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केहि न केहि सहयोग पुग्ने र देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुखद् निधन सम्बन्धित परिवारका लागि मात्र नभई राष्ट्र कै लागि अपुरणीय क्षति भएको छ ।

सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ ९२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाइएको थियो ।

 

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : ३८ बजे

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै