२९ पुस २०८१, सोमबार | January 14, 2025

एक लाख भूमिहीनलाई लालपुर्जा दिने तयारी



काठमाडौं । सबै नेपालीलाई जग्गाको मालिक बनाउने अभियानअन्तर्गत सरकारले भूमिहीनका लागि लालपुर्जा वितरण गर्ने भएको छ ।

स्थानीय तहसँगको समन्वय र सहकार्यमा गरिने लालपुर्जा वितरणका लागि सरकारले विभिन्न स्थानीय तहसँग सम्झौतासमेत गरिसकेको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिहीन नेपालीलाई जग्गाधनीको लालपुर्जा वितरण गरिने प्रक्रिया अगाडि बढाइएको बताउँदै तत्काल करिब एक लाख भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

चालू आर्थिक वर्षदेखि नै लालपुर्जा वितरण गरिने बताउँदै उनले अहिलेसम्म सुुदूरपश्चिमका १७ पालिकासहित मुलुकभरिका दुई सयवटा पालिकासँग सम्झौतासमेत भइसकेको जानकारी दिए ।

अन्य पालिकाबाट भूमिहीनको लगत सङ्कलन भइरहेको उनले जानकारी दिए । पालिकाहरूबाट लगत सङ्कलनसँगै मुलुकभरिका भूमिहीनको यकिन तथ्याङ्क आउनेछ ।

सुदूरपश्चिमबाटै लालपुर्जा वितरण सुरु हुनेछ । भूमिसम्बन्धी समस्या समाधान आयोगका अनुसार लालपुर्जा वितरणका लागि आयोग र कैलालीको धनगढी उपमहानगरपालिकाबीच सम्झौता भइसकेको छ । यसैगरी गोदावरी, गौरीगङ््गा, घोडाघोडी, टीकापुर, भजनी, लम्कीचुहा नगरपालिकासँग आयोगको सम्झौता भइसकेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ६ : ५७ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती